भरपेट भोजनालय पुनः सञ्चालनमा आउंदै

वीरगंज, २२ बैशाख ।

जेठ पहिलो सातादेखि भरपेट भोजनालय फेरि सञ्चालनमा आउने भएको छ ।

सानो पाइलाले गरिब विपन्न र मजदुरहरूलाई ५० रुपियाँँमै खाना खुवाँउदै आएको भरपेट भोजनालय खर्च थेग्न नसकेको भन्दै चार महिना अघि बन्द भएको थियो । बढ्दो महङगीका कारण खर्च थेग्न नसकेर चार महिना पहिले बन्द गरिएको भरपेट भोजनालय फेरि सञ्चालनमा ल्याउने तयारी भइरहेको सानो पाइलाका संस्थापक दिपक बहादुर श्रेष्ठले बताए ।

शुक्रवार आयोजित पत्रकार भेटटघाट कार्यक्रममा उनले चार महिनादेखि भोजनालय बन्द छ, तर अहिलेपनि न गरिब, विपन्न र मजदुरहरू खाना खोज्दै दिनहँु यहाँ आउछन्, बन्द भएको देखेर निराश भएर फर्किन्छन्, त्यसका कारण खर्चको व्यवस्थापन गरेर फेरि जेठ पहिलो सातादेखि सनचालनमा ल्याउने तयारीमा जुटेका छौं बताए ।
 
भोजनालय पुन सनचालनका लागि दीर्घकालीन उपाय खोज्नमा लागिरहेको भन्दै उनले भने,' दाताहरूबाट अहिलेसम्म ३० प्रतिशत रकम जम्मा भइसकेको छ, अब बाँकी रहेको ७० प्रतिशत रकम पनि दाताहरूबाटै जुटाउने अभियानमा लागिरहेका छौं ।

यसका लागि वीरगंज महानगरपालिकासंग पनि समन्वय गरिरहेको श्रेष्ठले बताए । श्रेष्ठले भने,' डेढ वर्षपहिले भरपेट भोजनालय सनचालन गर्दाकै ताका यसको स्वामित्व स्थानीय सरकारले लिओस् भन्ने हाम्रो चाहना थियो तर त्यसो हुन सकेन, अहिले भने मेयरसाबसंग कुरा भएको छ, उहाँ सकरात्मक हुनुहुन्छ ।श्रेष्ठका अनुसार, वीरगंज महानगरपालिकाको मुर्लीमा २०७८ साउन ३१ गतेदेखि ५० रुपियाँमा एक छाक खाना खुवाउने गरि भरपेट भोजनालय सनचालनमा ल्याईएको थियो ।





Virus-free.www.avast.com

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प