लालपर्सामा टिपरको ठक्करबाट दुर्ईजना गम्भीर घाइते

वीरगंज,२५ वैशाख । टिपरको ठक्करबाट वीरगंजमा दुर्ईजना गम्भीर घाइते भएका छन् । म.प्र ०३ ००१ ख ७६७९ नम्बरको टिपरको ठक्करबाट वीरगंज–३० लालपर्सा निवासी ३५ वर्षीया गीतादेवी मली र १८ वर्षका मिथुन मलि घाइते भएका हुन् ।
सोमवार बिहान साढे सात बजेको समयमा वीरगंज–३० लालपर्सा चोकमा बालुवा लोड गरेको टिपरले ना २७ प ४१५३ नम्बरको मोटरसाइकलमा सवार दुबैजनालाई ठक्कर दिएको थियो। ठक्करबाट गीता र मिथुन दुवै जना गम्भीर घाइते भएको प्रहरी चौकी परवानिपुरले जनाएको छ।
घाइतेलाई उपचारको लागि नारायणी अस्पतालमा पठाइएको र ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरी चौकी परवानीपुरले जनाएको छ।

Virus-free.www.avast.com

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प