पर्साका शिक्षकहरूद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

वीरगंज, १० जेठ ।


नेपाल शिक्षक महासंघ पर्साले थप संघर्षका कार्यक्रमहरू सार्वजनिक गर्दै आज सामुदायिक विद्यालयमा छैठौं र सातौं घण्टी बहिष्कार गरेको छ ।
 

जेठ ७ गतेदेखि हातमा कालोपट्टी बाँधेर आन्दोलन शुरू गरेको शिक्षकहरूले जेठ ८ र ९ गते वीरगंज महानगरपालिकाको मुल गेटमा धर्ना दिएका थिए भने आज उनीहरुले दुई घण्टी कक्षा बहिष्कार गरेका हुन् ।


स्थानीय तहले नियम विपरित शिक्षकहरूको सरूवा, घटुवा लगायतका काम गरेको विरोधमा चरणबद्ध आन्दोलनमा रहेका शिक्षकहरूको संगठन नेपाल शिक्षक महासंघले आजदेखि थप संघर्षका कार्यक्रम घोषणा गरेको शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले जानकारी दिनुभयो ।


त्यस्तै जेठ ११ गते भोली टिफिन पछिको सबै घण्टी बहिष्कार गर्ने, जेष्ठ १२ गते हाजिरी गरेर सबै घण्टी बहिष्कार गर्ने र जेष्ठ १३ गते नेपाल शिक्षक महासंघको कार्यालयमा बसि थप कार्यक्रमको तयारी गर्ने बताईएको छ ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प