भ्रष्टाचारीलाई कारबाई गर्नुपर्छ– नेपाल

वीरगंज, १ जेठ ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणका दोषीलाई कारबाई गर्न सरकारले अन्तिम समय सम्म खुट्टा कमाउन नहुने कुरा बताउनु भएको हो । पर्साको वीरगंजमा समाजवादी प्रेस संगठन नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलमा संचारकर्मीहरूसंग कुराकानी गर्दै अध्यक्ष नेपालले यस्तो बताउनु भएको हो ।
भ्रष्टाचारीहरूलाई कारबाई गर्ने सवालमा नेकपा एस मबजुतीका साथ सरकारको साथमा रहेको अध्यक्ष नेपालले बताए । समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष मनोज पटेलको अध्यक्षता सम्पन्न भएको पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सचिव नागेन्द्र चौधरी,दलित मुक्ति संगठनका केन्द्रीय अध्यक्ष गणेश बिक, नेकपा एसका पोलिट व्युरो सदस्य रामचन्द्र साह,  पर्सा अध्यक्ष बालगोपाल थापा लगायतको उपस्थित रहेको थियो ।


Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प