रौतहटमा चट्याङ लागेर महिलाको मृत्यु

रौतहट, ९ जेठ ।

मौलापुरमा मंगलबार बिहान चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

वर्षा, हावाहुरीसँगै परेको चट्याङ लागेर मौलापुर, पतौरामा ३५ वर्षीया प्रतिमा देवीको मृत्यु भएको हो । पतौरा गाँउछेउ गोठनजिकै ट्युबेलमा पानी भर्ने क्रममा बिहान ७ बजे अचानक चट्याङ लागेको बताइएको छ ।

चट्याङ लागेर प्रतिमा देवीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर नन्दकिशोर चौहानले बताए ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प