२० लाख नगद सहित भारतीय युवक पक्राउ

जनकपुर, ९ जेठ । 

प्रहरीले धनुषाबाट हुन्डीको नगद सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सितामढी घर भएका २५ वर्षीय रन्धिर ठाकुर छन् ।


जनकपुर उपमहानगरपालिका–६ डोम्बाबारीमा ठाकुरले बोकेको झोला चेकजाँच गर्दा २० लाख नगद भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेद प्रसाद गौतमले रातोपाटीलाई बताए ।


आरोपीले नगदको स्रोत खुलाउन सकेका छैनन् । आरोपीबारे अनुसन्धान भइरहेको डिएसपी गौतमले जानकारी दिए । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प