लाखौंको सुन, हिरा, बहुमूल्य पत्थरसहित एकजना भारतीय पक्राउ

वीरगंज, २४ वैशाख ।

सुन, हिरा तथा विभिन्न किसिमका पत्थरहरूसहित एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

२०८०।०१।२२ गते ११ बजे वीरगञ्ज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेटस्थित सडकखण्डबाट वीरगंजतर्फ आउँदै गरेका भारत हौँडा जिल्ला डोमजुर ग्राम पञ्चायत बदमपुरटोल बस्ने ४५ वर्षीय बुद्धदेव मैतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

उनले ज्याकेटको गोजीमा लुकाई छिपाई राखिएको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री २७ थान (२२४.८ ग्राम), हिरा जस्तो देखिने टल्कने कालो सेतो पत्थर २१.९ ग्राम, पोल्की हिरा जस्तो देखिने पत्थर ५.२० ग्राम, हरियो पन्ना जस्तो देखिने पत्थर ६.७८ ग्राम, रातो रूबी जस्तो देखिने पत्थर ८.४९ ग्राम, नीलो रंगको निजम २.३८ ग्राम, तलमरी पत्थर ७२ ग्राम,  रूबी जस्तो देखिने रातो पत्थर २१ ग्राम, रातो रंगको (आर्टिफिसियल) स्टोन ११.६०० ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

उक्त सुन, हिरा तथा विभिन्न किसिमका पत्थरहरूको मूल्य रू. २९ लाख चौवालिस हजार छ सय त्तेतिस भएको प्रहरीले जनाएको छ । उनलाई आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ । 

Virus-free.www.avast.com

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प