१९ लाखको मोबाइल र घडीसहित भारतीय पक्राउ

वीरगंज, ३ असार ।
१९ लाख मूल्य बराबरको मोबाइल र घडीसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । 

भन्सार छली अवैध रुपमा नेपाल भित्र्याई अनाधिकृतरूपमा भण्डारण गरेको सूचनाको आधारमा प्रहरीले वीरगंज महानगरपालिका–३२ बदननगर बस्ने मनोज साहको घरमा भाडामा बस्ने भारत, बिहार पूर्वी चम्पारण, बिसुनपुर बस्ने ३३ वर्षीय ३३ वर्षीय मनोज कुमारको कोठामा छापामारी गरेको थियो । छापा मार्ने क्रममा विभिन्न ब्राण्डका मोबाइल र घडी बरामद भएको जिप्रका, पर्साले जनाएको छ ।  

एप्पल, रेडमी, ओप्पो, भिभो, वनप्लस, सामसुङ, रियलमीलगायत कम्पनीका मोबाइल ५९ थान र घडी १८५ थान बरामद भएको प्रहरीले जनाएको छ । बरामद सामान १९ लाख १४ हजार मूल्य बराबरको रहेको र कारबाइको लागि आज वीरगंज भन्सार कार्यालय बुझाइएको जिप्रका, पर्साले जनाएको छ ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प