विश्व जेष्ठ नागरिक दुव्र्यवहारविरुद्ध जागरुकता दिवसको अवसरमा आँखा जाँच शिविर

वीरगंज, ३२ जेठ ।
ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले विश्व जेष्ठ नागरिक दुव्र्यहार जागरूकता दिवसको अवसरमा निश्शुल्क आँखा जाँच शिविर बिहीवार सम्पन्न गरेको छ ।


सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी आदर्शनगर,वीरगंज पर्सा र ग्रिनसिटी सामुदायिक प्रहरी केन्द्र आदर्शनगर पर्सा र सामुदायिक आँखा हस्पिटल वीरगंज पर्साको सयुक्त आयोजनामा विश्व जेष्ठ नागरिक दुव्र्यहार जागरूपकता दिवसको उपलक्ष्यमा जेष्ठ नागरिक र स्थानीयहरूलाइ निशुल्क आँखा स्वास्थ्य शिविर मनाएको छ।


उक्त निशुल्क आँखा स्वास्थ्य शिविरमा महिला ७५ जना र पुरूष १५० जना गरि जम्मा २२५ जनाले जेष्ठ नागरिक तथा स्थानीयहरूलाई निशुल्क आँखा जाँच गरि निशुल्क औषधि दिएको थियो।


उक्त कार्यक्रममा प्रहरी चौकी आदर्शनगर पर्साका प्र.ना.नि.सत्य प्रकाश त्रिपाठीको अध्यक्षतामा तथा ग्रिनसिटि समुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान प्रमुखलगायतको सहभागिता थियो । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प