भारतमा रथको तारसँग ठोक्किएर ६ जनाको मृत्यु, १५ घाइते

नयाँ दिल्ली, १४ असार 
भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा बुधबार एउटा रथ ओभरहेड हाई-टेन्सन तारसँग छोइदा कम्तीमा छ जनाको मृत्यु भएको छ  भने अन्य १५ जना घाइते भएका छन् ।

घटना त्रिपुराको राजधानी शहर अगरतलाबाट १२० किलोमिटर उत्तरपूर्वमा उनाकोटी जिल्लाको कुमारघाट क्षेत्रमा भएको हो।

अधिकारीका अनुसार धार्मिक यात्रामा देवता बोकेको रथलाई भक्तजनले तानेका बेला दुर्घटना भएको हो ।

घाइतेहरूलाई सरकारी अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले दुर्घटनाको विषयमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जनाएको छ ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प