गर्मी बढेसंगै वीरगंजका विद्यालयमा एक साताको लागि बिदा

वीरगंज, २६ जेष्ठ । वीरगंज महानगरपालिकाले शिक्षण संस्थाहरू थप एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।


शुक्रवार एक सुचना जारी गरेर वीरगंज महानगरपालिकाले महानगरमा रहेका सबै विद्यालयहरू थप एक साता अर्थात अषाढ १ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।
तापक्रम घट्नुको सट्टा झन् बद्दो अवस्थामा रहेकाले वर्षे विदामा कट्टा हुने गरि थप एक साता अर्थात अषाढ १ गतेसम्मका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले शुक्रवार जारी गरेको सुचनामा उल्लेखछ ।


यसअघि बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको भन्दै वीरगंज महानगरपालिका नगरपालिकाको कार्यालयले जेष्ठ १९ गतेदेखि जेष्ठ २६ गते शुक्रवारसम्म महानगरमा रहेका बालविकास देखि कक्षा १२ सम्मको पठनपाठन हुने सबै सामुदायिक र संस्थागत विद्यालयहरू बन्द गरेको थियो ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प