बारामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

बारा, १७ असार । बारा जिल्लाको निजगढ र आसपासका क्षेत्र तथा लालबकैया जलाधारको धेरै स्थानमा पछिल्लो ३ घण्टामा भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्षेत्रमा थप वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

लालबकैया नदी र सो क्षेत्र भई बहने स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्छ, तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूले बेलुकासम्मै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

त्यस्तै आज इलाम, झापा, पाँचथर, संखवासभा, मकवानपुर, बारा, पर्सा र आसपास भई बहने केही स(साना नदीहरूमा जलसतह बढ्ने तथा केहीमा आकस्मिक बाढी आउन सक्ने महाशाखाको पूर्वानुमान छ । यी जिल्लाहरूका तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन भनिएको छ ।


हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुर्ई स्थानमा हल्का वर्षा भइरहेको छ ।  कोशी  र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प