गदर २ लाई भारतीय रक्षा मन्त्रालयको ग्रिन सिग्नल

फिल्म गदर : एक प्रेम कथा बनेको ठीक २२ वर्षपछि सन्नी देवल र अमिशा पटेलको लिड रोलमा अर्को अंश गदर २ तयार भएको छ। बलिउडको अल टाइम हिट गदर भारत पाकिस्तान विभाजनसँग जोडिएको एक्सन केन्द्रित प्रेम कथामा आधारित छ। फर्मुला फिल्मसँग संगीतका कारण पनि गदरले व्यापक सफलता पायो। दोस्रो श्रृङ्खलाको गदरले कस्तो गर्ला त बक्स अफिसमा?

अहिले नै यसको जवाफ त मिल्दैन तर भारतको रक्षा मन्त्रालयले भने फिल्मलाई हरियो झन्डा देखाएको छ। सेनासँग जोडिएका विषयमा फिल्म बन्दा भारतमा रक्षा मन्त्रालयले रिलिजपूर्व हेर्ने गर्छ। त्यसैअनुसार रक्षा मन्त्रालयमा फिल्मको प्रिभ्यू गरिएको टाइम्सअफइन्डियाले जनाएको छ। गदर २ का निर्माताहरुले फिल्मको देखाउँदा रक्षा मन्त्रालयबाट सकारात्मक प्रतिक्रिया पाएका छन्।

मन्त्रालयले फिल्मलाई हरियो झन्डा मात्र देखाएन, त्यसको प्रशंसा समेत गरेको छ। फिल्मको दोस्रो भाग ल्याउन धेरै लामो समय कुर्न परेको अनिल शर्माले जनाएका छन्।

'मैले गदरको ब्रान्ड नेममा व्यापार गर्नमात्र चाहिन। म तारा सिंह र सकिनाको रियल स्टोरी पनि अगाडि बढाउन चाहन्थे,' शर्माले भनेका छन्, 'मैले यसका लागि ५० भन्दा धेरैवटा कथाहरु सुने तर कुनैले घन्टी बजाएनन्।' फिल्म अगस्ट ११ मा रिलिज हुँदैछ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प