सामुदायिक श्रीपुरद्वारा लागूऔषध तथा साइबर क्राइमसम्बन्धी अन्तरक्रिया कार्यक्रम

वीरगंज, १० साउन/ सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुर र सामुदायिक सेवा केन्द्र श्रीपुरको संयुक्त आयोजनामा नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुरको सहयोगमा वीरगंज–१३ स्थित शाह दरबार होटलमा लागूऔषध तथा साइबर क्राइम सम्बन्धी अन्तत्र्रिmया कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।
 
कार्यक्रममा कक्ष्Fा ९, १०, ११ का २५० जना विद्यार्थीहरुलाई लागूऔषध तथा साइबर क्राइम सम्बन्धी जानकारी गराइएको थियो ।
 
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाह, जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रहरी निरीक्ष्Fक मणिराम थापा, प्रहरी निरीक्ष्Fक मनिषा लौडारी, वप्रका श्रीपुरका प्रहरी निरीक्ष्Fक आशुतोषबहादुर शाही, प्रहरी हवल्दार ओमप्रकाश साहको सहभागिता थियो ।
 
केन्द्रका अध्यक्ष राम सर्राफको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सङ्घसंस्था, प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको सामुदायिक सेवा केन्द्र श्रीपुरका सचिव कुलनारायण प्रधान (दिलीप)ले जानकारी गराएका छन् । । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प