बुहारीको उत्तरपुस्तिका साटेको आरोपमा ससुरासहित परीक्षा प्रमुख पक्राउ

वीरगंज, ३१ साउन । 

बिबिएस दोस्रो वर्षको परीक्षामा उत्तरपुस्तिका साटेको आरोपमा परीक्षा प्रमुखसहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । 

कालिकामाई गा.पा.वडा नं.१ रबिदास टोल बस्ने वर्ष ६१ को मोहन प्रसाद यादव आफनो बुहारी विमा कुमारी यादवको उत्तरपुस्तिका साटेको आरोपमा पक्राउ परेका छन् भने सो कार्यमा सघाउने बारा विश्रामपुर गा.पा.वडा नं.१ कल्यानपुर घर भई हाल त्रिजुद्ध महाविर विद्यालयको कम्प्युटर शिक्षक तथा हाल सञ्चालन रहेको परीक्षाको परीक्षाप्रमुख वर्ष ५४ को विनोद कुमार स्वर्णकारलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

आज बिहान ९ः३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.४ स्थित त्रिजुद्ध महाबिर प्रसाद रघुविर राम माध्यमिक विद्यालय विर्तामा संचालित बिबिएस दोस्रो वर्षको परीक्षा चलिरहेको अवस्थामा इकोनोमिक्सको विषयको प्रश्नपत्र र उत्तरपुस्तिका परीक्षा केन्द्रबाट बाहिर निकाली यादवले अन्य व्यक्ति मार्फत लेख्न लगाएको उत्तरपुस्तिका परीक्षा केन्द्रमा बुझाई परीक्षालाई अमर्यादित बनाएको सूचनाको आधारमा यादवलाई पक्राउ गरिएको प्रहरी निरीक्ष्Fक विदुर प्रसाद सिवाकोटीले बताए । 

यादवले संकाष्पद तरिकाले फायल बोकी परीक्षा केन्द्र  भित्र रहेको कम्प्युटर कक्षमा रहेको कार्यालय कोठामा प्रवेश गरी उक्त फायल विनोद कुमार स्वर्णकारलाई दिएका थिए । 

प्रहरीले उत्तरपुस्तिका सहित दुवैजनालाई नियन्त्रणमा लिइ शिक्षा ऐन २०२८ बमोजिम जिल्ला प्रशासन कार्यालय पर्साबाट पाँच म्याद थप अनुमति लिइ थप अनुसन्धान गरिरहेको जनाएको छ । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प