नारायणी अस्पतालमा थप ५ कोरोना संक्रमितको मृत्यु
बीरगन्ज,१० जेठ । कोरोना संक्रमणबाट बीरगन्जमा थप ५ जनाको मृत्यु भएको छ । बीरगन्जकाे नारायणी अस्पतालमा उपचाररत ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृतकमध्ये पर्सा र बाराका २/२जना र सर्लाहीका १ जना छन् । बीरगन्ज -३२ चोर्नीका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वैशाख ३ गते अस्पताल भर्ना भएका उनको सोही दिन गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । कोभिड निमोनियाले ग्रसित उनको उपचारको क्रममा सोमबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले बताए । नारायणी अस्पतालमै पर्साको बिन्दबासिनी गाउँपालिका– २ बहुअर्वाभाठाका ७० वर्षीय पुरुषको मृत्यु भएको छ । जेठ ६ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि २ दिनपछि अस्पतालमा भर्ना गरिएको थियो । नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासका अनुसार उपचारको क्रममा सोमबार बिहान पौने १ बजे उनको मृत्यु भयो । बाराको कलैया उपमहानगरपालिका– ३ गंगापुर बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख ३० गते गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई भोलिप...