Posts

मोबाइलमा नम्बर सेभ नगरी ह्वाट्सएपबाट यसरी पठाउनुहोस् म्यासेज

काठमाडौं । म्यासेजिङ एप ह्वाट्सएप विश्वमा सबैभन्दा चर्चित एपको रुपमा रहेको छ । जसका प्रयोगकर्ता दुई अर्ब भन्दा बढी रहेका छन् । यती धेरै प्रयोगकर्ता र यती धेरै चर्चाका बावजुद पनि ह्वाट्सएपमा फोनमा नम्बर सेभ नगरेसम्म उक्त नम्बरमा म्यासेज पठाउन सकिदैन । जब तपाईं कुनै व्यक्तिको नम्बर सेभ गर्न चाहनु हुन्न तर उसको नम्बरमा म्यासेज पठाउनु छ भने त्यसको विकल्प छैन् । ह्वाट्सएप आफैले यो फिचर प्रयोगकर्तालाई उपलब्ध गराएको छैन् । तर, पनि यसका केही विकल्पहरू भने छन्, जसको बारेमा यहाँ हामी तपाईँहरूलाई जानकारी गराउँदै छौं । ब्राउजरमा ह्वाट्सएप सर्ट लिंक प्रयोग गर्ने यसअघि नै उल्लेख गरेजस्तै नम्बर सेभ नगरी म्यासेज पठाउने सेवा ह्वाट्सएप आफैले उपलब्ध गराएको छैन् । तर, वेब भर्सनको ब्याकग्राउन्डमा भने यो सेवा हामीले उपयोग गर्न सक्छौं । हामी धेरैलाई थाहा नहुन सक्छ की वेब भर्सनमा ह्वाट्सएप खोल्ने सर्टकट की ‘wa.me’ हो । त्यो हुँदा नम्बर सेभ नै नगरी च्याट गर्नका लागि तपाईंले ब्राउजरमा https://ift.tt/37NveV3 क्लिक गर्नुहोस् । फोन नम्बर भनेको ठाउँमा म्यासेज पठाउन चाहेको नम्बर राख्नुपर्ने हुन्छ । तर, फोन नम्ब...

भिभोलाई उछिन्दै एप्पल बन्यो चीनको सबैभन्दा ठुलो स्मार्टफोन ब्रान्ड

Image
काठमाडौं । गुणस्तरीय उत्पादनका कारण एप्पलको आईफोन तथा अन्य उत्पादन विश्वव्यापी चर्चित छ । यसमा प्रयोग भएको सफ्टवेयर तथा हार्डवेयरका कारण मूल्य उच्च भएता पनि यसलाई धेरैले रुचाएका छन् । जसको प्रतिफल विश्वका धेरै बजारमा एप्पल उत्कृष्ट ब्रान्डको रुपमा स्थापित हुँदै आएको छ । सोही लय कम्पनीले चिनियाँ बजारमा समेत समातेको छ । लामो समय देखी चीनको स्मार्टफोन बजारमा चिनियाँ स्मार्टफोन ब्रान्ड साओमी, ओप्पो, भिभो, ह्वावे लगायतका ब्रान्डको दबदबा रहेको थियो । तर, सन् २०१५ पश्चात एप्प्लले उक्त दबदबालाई चिर्दै चिनियाँ स्मार्टफोन बजारमा सबैभन्दा ठुलो बिक्रेताको रुपमा स्थापित भएको छ । मोबाइलको तथ्याङ्क राख्ने संस्था काउण्टर पइन्टका अनुसार सन् २०१५ पछि पहिलो पटक एप्पल चीनमा सबैभन्दा ठुलो बिक्रेता भएको हो । संस्थाका अनुसार एप्पल २२ प्रतिशत बजार हिस्साका साथ पहिलो नम्बरमा रहेको छ । भने, दोस्रो नम्बरमा भिभो रहेको छ । जसको बजार हिस्सा २० प्रतिशत रहेको छ । तेस्रो नम्बर ओप्पो रहेको छ । चिनियाँ स्मार्टफोन बजारमा ओप्पोको हिस्सा १८ प्रतिशत रहेको छ ।    The post भिभोलाई उछिन्दै एप्पल बन्यो चीनको सब...

भारतमा एलन मस्को स्टारलिंकलाई झट्का, अनुमतिबिना इन्टरनेट बिक्रीमा लगाइयो रोक

काठमाडौं । भारत सरकारले एलन मस्कको स्याटेलाइटमा आधारित इन्टरनेट कम्पनी स्टारलिंकलाई इन्टरनेट विस्तार तथा बिक्रीमा रोक लगाएको छ । भारतको दूरसञ्चार क्षेत्रको नियामक निकाय ‘भारतीय दूरसञ्चार विनियामक प्राधिकरण’ ले स्टारलिंकलाई इन्टरनेट सेवा प्रदायकको अनुमति नलिएसम्म सेवा विस्तार नगर्न निर्देशन दिएको हो । स्पेसएक्सले यही नोभेम्बर १ बाट भारतमा स्पेस डिभिजनको नाममा व्यवसाय दर्ता गर्दै इन्टरनेटको प्री अर्डर खुल्ला गरेको थियो । हालसम्म सर्भिस उपलब्ध नभएता पनि पाँच हजार भन्दा बढीले प्री अर्डर गरिसकेको जनाइएको छ । यस्तो नियामकले भने स्टारलिंकले इन्टरनेट सेवा प्रदायकको अनुमति नलिएको बताएको हो । साथै नियामकले तत्कालै स्टारलिंकको कुनै पनि सर्भिस नलिन समेत सबैलाई आग्रह गरेको छ । यो विषयमा कम्पनीले भने कुनै जानकारी दिएको छैन् । अहिलेसम्म २१ ओटा देशमा पब्लिक बेटाको रुपमा सेवा सुरु गरेको स्टारलिंकले सन् २०२२ को अन्त्यसम्म भारतमा दुई लाख ग्राहक बनाउने योजनाका बनाएको छ । जसमा भारतको ग्रामीण क्षेत्र स्टारलिंकका लागि सबैभन्दा ठुलो बजारको रुपमा हेरिएको छ । भारतको ग्रामीण भेग जहाँ इन्टरनेटको पहुँच पुगेको छ...

यसरी उदाउँदैछन् ‘सुपर मोबाइल एप’

काठमाडौं । मानौँ तपाईं अर्को साता आफ्ना केही साथीहरूसँग सिटी सेन्टरमा सूर्यवंशी मुभी हेर्न चाहनुहुन्छ । यसका लागि तपाईंले केही एपहरूमा त पक्कै चहार्नुपर्ने हुन्छ । सम्भवतः तपाईं साथीहरूसँग ह्वाट्सएपमा च्याट गरेर योजना बनाउनुहुन्छ, क्यूएफएक्स सिनेमाको एपमा गएर टिकेट किन्नुहुन्छ, पठाओमार्फत राइड बुक गर्नुहुन्छ र चिसो खाँदा ई-सेवाबाट पैसा तिर्नुहुन्छ । तर यदि यी सबै काम तपाईंको फोनमा रहेको एउटै एपबाट गर्न सकिने भयो भने कस्तो होला ? केही वर्षयता ठूला सामाजिक सञ्जाल कम्पनी थुप्रै चिजहरू अनलाइनमा एकै ठाउँबाट गर्न सकिने माध्यम बन्ने पूर्वानुमान हुँदै आएको छ ।  जब फेसबुक, टिकटक, स्न्यापच्याट जस्ता एपहरू सुरु भए, त्यतिखेर साथी तथा परिवारसँग सम्पर्कमा रहन अथवा यी सामाजिक सञ्जालमा रमाउने प्रयोजनका लागि मात्रै थिए । तर यी एपहरू आफैँमा रमाइलोका लागि सँगै शपिङ, बैंकिङको माध्यम समेत बन्दै गएका छन् । त्यसमध्ये केही कम्पनीहरूले अमेरिकामा, उदाहरणका लागि स्न्यापच्याट, सुपर एपको परिष्कृत तथा परिवर्तित रुपमा आउन थालेका छन् । यद्यपि उनीहरूको प्रारम्भिक उद्देश्य भने सामाजिक सञ्जालको रुपमा रहनु नै हो । ...

स्मार्ट ड्राइभिङ लाइसेन्स अब छापिने

काठमाडौं । छ महिनासम्म स्थगित भएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु हुने भएको छ । फ्रान्सको सेल्प कम्पनीले सम्झौताअनुसार १४ लाखप्रति कार्ड उपलब्ध गराएपछि छपाइ कार्य सुरु हुने भएको हो । यातायात व्यवस्था विभागले कार्ड अभाव भएपछि अति आवश्यक सवारी चालक अनुमतिपत्र मात्र छपाइ गर्दै आएको थियो । विभागले १४ लाखप्रति कार्ड आएपछि छपाइ कार्य तीव्र बनाइने जनाएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले भने, ‘कार्ड आइपुग्यो, छपाइको नमुना परीक्षण गर्छौं । अर्को हप्ताबाट छपाइ सुरु हुनेछ ।’ करिब दुई वर्षदेखि छाप्न बाँकी रहेका सात लाखप्रति सवारी चालक अनुमतिपत्रलाई प्राथमिकता दिइने बताइएको छ । उनका अनुसार दैनिक रूपमा आउने मागलाई दैनिक कार्यतालिका अनुसार नै छपाइ गर्न सकिने छ । छपाइ सुरु भए पनि सेवाग्राहीले तुरुन्तै सवारी चालक अनुमतिपत्र पाउने अवस्था छैन । विभागले डेढ वर्षअघि ल्याएको नयाँ मेसिनले प्रतिघण्टा ४५० वटासम्म सवारी चालक अनुमतिपत्र छपाइ गर्न सक्छ । तीन चरणमा दैनिक २१ घण्टा चलाए नौ हजार सवारी चालक अनुमतिपत्र छापिन्छ । जसअनुसार महिनामा साढे दुई लाखप्रति छापिन्छ । सात लाखप्रति छा...

साओमीले हरेक वर्ष ३ लाख विद्युतीय कार निर्माण गर्ने

काठमाडौं । साओमीले गत मार्चमा आफूले विद्युतीय कार उत्पादन गर्ने घोषणा गरेको थियो । तर यसबारे उसले धेरै जानकारी दिएको थिएन ।हालै साओमीको विद्युतीय कार उत्पादन गर्ने प्लान्ट (कारखाना) बारे एक खबर बाहिरिएको छ । रोयटर्सले प्रकाशित एक समाचार अनुसार साओमीले हरेक वर्ष तीन लाख कार उत्पादन गर्ने क्षमताको इभी कारखाना बनाउनेछ । यो प्लान्ट दुई चरणमा निर्माण गरिने र सन् २०२४ देखि कारको मास प्रडक्सन सुरू हुने जनाइएको छ । कम्पनीले यसको इभी हेडक्वार्टरका साथै रिसर्च र सेल्स डिभिजनसमेत बनाउनेछ । साओमीले कार बेच्न आफ्नो रिटेल स्टोर प्रयोग गर्ने योजना ल्याएको छ । यद्यपि साओमीका कारसँग सम्बन्धित थुप्रै विवरण आउन बाँकी नै छन् । विशेषगरी यसको सुरूवाती मोडल र अन्तर्राष्टिय विस्तारबारे अझै कुनै खबर बाहिरिएको छैन । प्रविधि क्षेत्रको एक सफल ब्राण्डको रूपमा स्थापित भइसकेको साओमीले विद्युतीय गाडीका लागि १० वर्षभित्र १० अर्ब डलर बराबरको लगानी गर्ने योजना ल्याएको छ । The post साओमीले हरेक वर्ष ३ लाख विद्युतीय कार निर्माण गर्ने appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/3HSjW1U ...

‘मनि हाइस्ट’ फाइनल सिजनको एपिसोड टाइटल सार्वजनिक

काठमाडौं । नेटफ्लिक्समा सर्वाधिक मनपराइएको स्पेनी सिरिज ‘मनि हाइस्ट’ को फाइनल सिजन सार्वजनिक हुन करिब दुई हप्तामात्र बाँकी छ । डिसेम्बर ३ मा विश्वभर नेटफ्लिक्समार्फत मनि हाइस्टको फाइनल सिजन सार्वजनिक हुँदैछ । यसबीच मनि हाइस्टको फाइनल सिजनको एपिसोडका नाम र केही तस्वीरहरू सिरिजको आधिकारिक ट्वीटरमा सार्वजनिक भएका छन् ।  -एपिसोड ६ – एक्जस्ट भल्भस  -एपिसोड ७ – इलुजन्ड साइन्स  -एपिसोड ८ – दि एलिगेन्स थेउरी  -एपिसोड ९ – ह्वाट इज टक्ड अबाउट इन बेड  -एपिसोड १० – ए फ्यामिली ट्रेडिसन  Los últimos 5 episodios. El 3 de diciembre. The last 5 episodes. December 3. #LCDP5 #MoneyHeist pic.twitter.com/yllTi4WN3F — La Casa de Papel (@lacasadepapel) November 24, 2021 एपिसोड छ को तस्वीरमा रियो आरपीजी (हतियार) बोकेर बसेका छन् । यो एपिसोडमा ग्याङ रोमको योजनाको लागि अगाडि बढेको कथा हुने अनुमान गर्न सकिन्छ । एपिसोड ७ को तस्वीरमा बर्लिन र पालेर्मोको हाँसेको तस्वीर छ । यो एपिसोड फ्ल्यासब्याक अर्थात पुराना दिनहरूको बारेमा हुनसक्ने अनुमान गर्न सकिन्छ । एपिसोड ८ मा ट...