Posts

नेपालमा प्रयोगमा आउन लागेको ‘ई-सिम’ के हो ? कसरी गर्छ काम ?

काठमाडौं । पछिल्लो समयमा ई-सिमको चर्चा निकै चलिरहेको छ । विश्वका केही देशमा ई-सिमको प्रयोग सुरु भइसकेको छ । एप्पलले त ई-सिमलाई लक्षित गर्दै आईफोन उत्पादन गर्ने तयारी पनि गरिरहेको छ । नेपालमा पनि नेपाल टेलिकमले ई-सिमकार्ड सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ । हाल बजारमा उपलब्ध हुने प्लास्टिकबाट बनेका चिपजडित कार्डको साटो कम्पनीले मोबाइल डिभाइस तथा विभिन्न डिजिटल डिभाइसमै इम्बेड गर्न सकिने ई-सिम उपलब्ध गराउने तयारी गरेकाे छ । यसका लागि टेलिकमले चालू आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रममा ‘ई-सिमको प्लेटफर्म’ राख्ने योजनासहित बजेट निर्धारण गरेको छ । जसमा चालू आवभित्र ई-सिम सहित कूल ८० लाख सिम भित्र्याउने कम्पनीको तयारी छ । त्यसमध्ये यो वर्ष एकदेखि डेढ लाखसम्म ई-सिम ल्याउने योजनामा कम्पनी छ । आज हामी ई-सिम के हो र यसले कसरी काम गर्छ भन्ने विषयमा सरल रुपले जानकारी दिँदै छौं । ई-सिम के हो ? सामान्य रुपमा बुझ्दा हामीले प्रयोग गरिरहेको भौतिक सिमको डिजिटल रुपलाई ई-सिम भनिन्छ । यो तपाईंको फोनमा इम्बेड गरिएको हुन्छ र तपाईंलाई कुनै सिम स्लटको आवश्यकता हुँदैन । यसलाई प्रयोग गर्न तपाईंले सि...

सेवाप्रदायकले कतै मोबाइल र इन्टरनेटमा बढी शुल्क असुलिरहेका त छैनन् ?

काठमाडौं । नेपाल टेलिकम, एनसेल, स्मार्टसेलजस्ता दूरसञ्चार सेवाप्रदायक कम्पनीले टेलिफोन, मोबाइल इन्टरनेट, भ्यालु एडेड सर्भिस (भ्यास) सेवा उपलब्ध गराउँदै आएका छन् । यसरी सेवा उपलब्ध गराउँदा सेवाप्रदायकले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले तोकेको शुल्कका आधारमा मात्रै सेवाग्राहीबाट शुल्क लिन पाउँछन् । सेवाप्रदायकले तोकेको ट्यारिफ रेट तथा पल्स रेटका आधारमा सेवा उपलब्ध गराइरहेका छन् वा छैनन् भन्ने विषयमा अब भने प्राधिकरणले अध्ययन अगाडि बढाउने भएको छ । त्यसका लागि नियामकले मंगलबार एक सूचना जारी गर्दै अन्तर्राष्ट्रिय परामर्शदाता माग गरेको छ । प्राधिकरणले पहिलो चरणमा सेवाप्रदायकले उपलब्ध गराउने भ्वाइस, डेटा, एसएमएस, भ्यासका साथै डेटातर्फ टुजी, थ्रीजी र फोरजी सेवामा सेवाप्रदायकले लिइरहेको शुल्क तथा अन्य विषयमा अध्ययन प्रतिवेदन तयार गर्न लागेको हो । त्यसका लागि प्राधिकरणले अन्तराष्ट्रिय कम्पनीसँग सिस्टम सहितको सेवा लिने तयारी गरेको हो । यसको अर्थ प्राधिकरणले पूर्वाधारसहितको सिस्टम खरिद गर्ने योजना बनाएको भने होइन । प्राधिकरणका सह-प्रवक्ता अच्युतानन्द मिश्रले भने, ‘प्राधिकरणले सेवाप्रद...

ड्राइभर अपडेट नहुँदा पनि स्लो हुन्छ इन्टरनेट, कसरी गर्ने समाधान ?

Image
काठमाडाैं । तपाईंको कम्प्युटर ड्राइभर अपडेट नभएर पनि इन्टरनेट स्लो हुनसक्छ । नेटवर्क एडाप्टरले इन्टरनेट प्लान सपोर्ट गरेपनि ड्राइभर अपडेट भएको छैन भने इन्टरनेट स्लो हुनसक्छ ।    के हो त डिभाइस ड्राइभर ?  डिभाइस ड्राइभर त्यस्ता सफ्टवेयर हुन्, जसले तपाईंको कम्प्युटर हार्डवेयरलाई काम गर्ने अनुमति दिन्छ । ड्राइभर बिना कम्प्युटरको कुनै पनि कम्पोनेन्टले काम गर्दैन । ड्राइभरले कम्प्युटर बस वा कम्युनिकेसन सबसिस्टममार्फत डिभाइससँग कम्युनिकेट गर्छ, जसमा हार्डवेयर जडान हुन्छ । ड्राइभरहरू हार्डवेयर निर्भर र अपरेटिङ-सिस्टम-स्पेसिफिक हुन्छन् ।   कम्प्युटरका धेरै भागलाई ड्राइभर आवश्यक पर्छ, जस्तै; प्रिन्टर, ग्राफिक्स कार्ड, मोडेम, नेटवर्क कार्ड, साउन्ड कार्ड आदि । अरु एप्प्लिकेसन जस्तै ड्राइभरलाई पनि नियमितरुपमा अपडेट गर्नुपर्छ ।   यसरी अपडेट गर्नुहोस् नेटवर्क एडाप्टर ड्राइभर  १. वायरलेस एडाप्टर ड्राइभर अपडेट गर्नका लागि पहिले डिभाइस म्यानेजर (Device Manager) मा जानुहोस ।   २. त्यसपछि वायरलेस एडाप्टरको ‘प्रोपर्टिज’ मा गएर...

नेपालमा साइबर हमला रोक्न सिस्टम बनाउँदै सरकार

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले देशमा हुनसक्ने साइबर हमलालाई रोक्न सिस्टम निर्माण गर्ने भएको छ । प्राधिकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट हुनसक्ने साइबर हमलालाई रोक्न आवश्यक पूर्वाधारको तयारीका लागि अध्ययन प्रक्रिया अघि बढाउन लागेको हो । त्यसका लागि प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै परामर्श सेवाप्रदायक कम्पनीहरूसँग आशयपत्रको माग गरेको छ । इच्छुक कम्पनीले १५ दिन अर्थात् आउँदो जनवरी ९ तारिखको राति १२ बजेसम्म आवेदन दिन सक्नेछन् । यो अवधिमा आएको आवेदनमध्येबाट उत्कृष्ट एक कम्पनी छनोट गरी उक्त कम्पनीलाई सिस्टम निर्माण गर्न कस्तो स्रोत, पूर्वाधार र कति लागत आवश्यक पर्छ भन्ने विषयको अध्ययन गर्न जिम्मा दिइनेछ । पछिल्लो समय नेपालमा साइबर हमलाका घटना बढिरहेको सन्दर्भलाई मध्यनजर गर्दै यो प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ । ‘यो अध्ययनमा इन्टरनेसनल इन्टरनेट गेटवे र डोमेस्टिक (नेसनल) दुवै नेटवर्क समेटिने छ,’ प्राधिकरणका निर्देशक विजयकुमार रोयले भने, ‘नेटवर्क सेवाप्रदायकले इन्टरनेट गेटवेको विषयमा ध्यान नदिने हुँदा त्यसलाई सुरक्षित गर्न...

टेक्नोको पहिलो फाइभजी स्मार्टफोन सार्वजनिक

काठमाडौं । टेक्नोले आफ्नो पहिलो फाइभजी स्मार्टफोन ‘टेक्नो पोभा’ सार्वजनिक गरेको छ । कम्पनीले ठूलो स्क्रिन र शक्तिशाली ब्याट्री रहेको स्मार्टफोन बजारमा ल्याएको हो । यो फोनमा ५० मेगापिक्सेलको ट्रिपल रियर क्यामेरा सेटअप दिइएको छ । टेक्नो पोभा फाइभजी स्मार्टफोनको मूल्य २८९ अमेरिकी डलर अर्थात करिब ३४ हजार ६०० रुपैयाँ राखिएको छ । यद्यपि नेपाल लगायतका देशमा यो फोन कहिलेसम्म उपलब्ध हुन्छ भन्ने विषयमा स्पष्ट जानकारी आइसकेको छैन । टेक्नो पोभा फाइभजी स्मार्टफोनमा ६.९५ इन्चको स्क्रिनका साथै १०८०x२४६० पिक्सेलको रेजोलुसन र १२० हर्ज रिफ्रेश रेट छ । फोनमा मिडियाटेक डाइमेन्सिटी ९०० चिपसेट दिइएको छ । यसबाहेक स्मार्टफोनमा ३ जीबी भर्चुअल र्‍यामका साथै ८ जीबी र्‍याम तथा १२८ जीबी इन्टरनल स्टोरेज उपलब्ध हुनेछ । साथै यो फोन एन्ड्रोइड ११ मा रन हुन्छ । टेक्नो पोभा फाइभजी स्मार्टफोनमा तीन ओटा रियर क्यामेरा सेटअप दिइएको छ । जसको मेन लेन्स ५० मेगापिक्सेलको रहेको छ । त्यसको साथमा २ मेगापिक्सेलको सेकेन्डरी सेन्सर र एउटा एआई लेन्स दिइएको छ । ६००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री रहेको यो स्मार्टफोनमा १८ वा...

देशभर फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको गुणस्तर मापन गर्दै प्राधिकरण

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले देशभर उपलब्ध फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको गुणस्तर मापन गर्ने भएको छ । प्राधिकरणले सातै प्रदेशमा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको पहुँच, गुणस्तर मापन र त्यसको विश्लेषण गर्ने योजनाका साथ प्रक्रिया अघि बढाएको हो । यसका लागि प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै परामर्श सेवाप्रदायक कम्पनीहरूसँग आशयपत्रको माग गरेको छ । इच्छुक कम्पनीले १५ दिन अर्थात् आउँदो जनवरी ९ तारिखको राति १२ बजेसम्म आवेदन दिन सक्नेछन् । प्राधिकरणले यसअघि ग्रामीण दूरसञ्चार विकास कोषमार्फत सञ्चालित परियोजनालाई समेट्ने गरी यो परियोजना अघि बढाएको हाे । यसअघि प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमार्फत तीन प्याकेजमा देशका विभिन्न क्षेत्रमा इन्टरनेट विस्तारको काम गरेको छ । सोही परियोजनाले समेटेका क्षेत्रका प्रयोगकर्ता तथा सरकारी निकायलाई समेटेर यो अध्ययन गरिने जनाइएको छ । BID-DOCUMENT-20211227-5 The post देशभर फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको गुणस्तर मापन गर्दै प्राधिकरण appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.t...

कुलमानलाई प्रश्न : किन बारम्बार गइरहन्छ बत्ति ?

काठमाडौं । जाडोयामसँगै अहिले बारम्बार बत्ति गइरहने समस्या देखिएको छ । छिनछिनमा बत्ती जाँदा धेरै उपभोक्ताले नेपाल विद्युत प्राधिकरणसँग गुनासो गरिरहेका छन् । आखिर किन बारम्बार गइरहन्छ त बत्ति ? यो प्रश्न हामीले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोधेका थियौं । उनले पछिल्लो समय विद्युतको माग बढ्दै गएकाले बिजुली काटिने समस्या आएको जवाफ दिए । ‘माग बढ्नु राम्रो कुरा हो । एकैछिन बत्ति गयो भन्दैमा लोडसेडिङ गरायो भनेर आत्तिने भन्ने कुरा होइन । माग धान्न नसकेर भन्दा पनि प्राविधिक समस्याका कारण बत्ति बारम्बार गइरहेको हो, यसको सामाधानका लागि हामी काम गर्दैछौं,’ उनले भने । उनका अनुसार प्राधिकरणले हरेक क्षेत्रमा कम्तिमा एउटा ट्रान्सफर्मर राखेकाे छ । ‘यदि ट्रान्सफर्मर १०० केभीको छ र २०० केभीको लोड आयो भने सो ट्रास्फर्मरले धान्न सक्दैन र बत्ति जान्छ । यसको समाधानका लागि कि त ट्रान्सफर्मर परिवर्तन गर्नुपर्छ, अथवा त्यसैको नजिक अर्को थप्नुपर्छ,’ उनले भने । तर उपभोक्ताले आफ्नो घर नजिक ट्रान्सफर्मर राख्न नदिँदा अर्को चुनौती थपिएको उनकाे गुनासाे छ । ‘कसैले पनि आफ्नो घर नजिक ट्रान्स...