Posts

ज्योति विकास बैंकको भिडिओ बैंकिङ सेवा

काठमाडौं । ज्योति विकास बैंकले भिडिओ बैंकिङ सेवा सार्वजनिक गरेको छ । सोमबार स्थापनाको .१४औं वार्षिकोत्सव मनाउँदै बैंकले अनलाइनबाटै खाता सञ्चालन गर्न सकिने सेवा सहितको भिडिओ केवाईसी सञ्चालनमा ल्याएको हो । यसअन्तर्गत पहिलो चरणमा अनलाइनबाटै खाता खोल्न सकिने र तत्काल खाता सञ्चालन गर्न सकिने सेवा सहितको भिडियो केवाईसी सुरु गरिएको छ । योसँगै देश तथा विदेशमा रहेका नेपालीहरूले पनि अनलाइनबाट खाता खोल्न पाउने बैंकले जनाएको छ । बैंकले हाल देशभर ११९ ओटा शाखा कार्यालय, तीन ओटा विस्तारित काउन्टर तथा ६५ ओटा एटीएमबाट सेवा दिइरहेकाे छ । from Tech News Nepal https://ift.tt/ZMI4ias via IFTTT

एसएमएस गरेर एसईईको नतिजा थाहा पाउन सकिने

काठमाडौं । एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले एसईईको नतिजा उपलब्ध गराउने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयसँग साझेदारी गर्दै स्प्यारोले हरेक वर्षझैं एसईई २०७८/७९ को नतिजा पनि एसएमएसबाटै हेर्ने सुविधा दिन लागेको हो । नतिजा थाहा पाउन मोबाइलको मेसेज बक्समा गई आफ्नो सिम्बोल नम्बर टाइप गरेर एउटा स्पेस दिई ३५००१ मा एसएमएस पठाउनुपर्ने हुन्छ । परीक्षा नियन्त्रण कार्यालयले बिहीबारसम्म नतिजा प्रकाशित गर्ने तयारी गरिरहेको छ । from Tech News Nepal https://ift.tt/KuosUBr via IFTTT

‘इन्टरनेट अब जनताको मौलिक अधिकारको विषय बनाउनुपर्छ’

विश्वमा डिजिटलाइजेसनको प्रवाह तीव्र गतिले भइरहेको अवस्थामा नेपालमा यसको भने आशातित गतिमा अगाडि बढ्न सकेको छैन । यद्यपी हामी सम्पूर्ण सरोकारवालाहरू यसको दौडमा सामेल भएका छौँ र पछिल्ला वर्षहरूमा हामीले हासिल गरेको उपलब्धिबाट त्यति हतास हुनु पर्ने अवस्था पनि छैन । दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय भएका कारणले हाम्रो उद्देश्य भनेको सम्पूर्ण नेपालीलाई यसको सञ्जालमा आवद्ध गर्नु हो अथवा कुनै पनि नागरिक यसको उपयोगबाट वञ्चित हुन नपरोस् भन्ने नै हो । आजभन्दा १० वर्ष जति पहिले दूरसञ्चार सेवा ‘भ्वाइस’ र एसएमएस सेवाको लागि मात्र प्रयोग हुन्थ्यो भने आज आएर ब्रोडब्यान्ड  सेवा हाम्रो जीवनको अभिन्न अङ्ग हुन पुगेको छ ।  विश्वका धेरै देशले ब्रोडब्यान्ड सेवामा नागरिकको पहुँचलाई सुनिश्चित गर्न यसलाई मौलिक अधिकारको रूपमा घोषणा गरेका छन् र नेपाल सरकारले पनि इन्टरनेट सेवालाई अत्यावश्यक सेवाको रूपमा राखिसकेकोले मौलिक अधिकारको रूपमा घोषणा गर्ने दिन त्यति धेरै टाढा छैन जस्तो लाग्छ ।  नेपालमा डिजिटल वस्तु तथा सेवाहरूको माग दिनानुदिन बढिरहेको छ । सार्वजनिक सेवाको अनलाइन डेलिभरी गर्ने क्रम बढ्दो ...

वर्ड फाइलमा भएका फोटो कसरी सेभ गर्ने ?

काठमाडौं । दैनिक रूपमा कम्प्युटरमा अभ्यस्त भइरहे पनि हामीलाई त्यसका कतिपय सामान्य कुराको जानकारी नहुन सक्छ । जसले गर्दा हामीले सामान्य काम गर्नलाई पनि गाह्रो प्रक्रिया अपनाइरहेका हुन सक्छौँ । आज हामी माइक्रोसफ्ट वर्डको त्यस्तो टिप्सको बारेमा चर्चा गर्दै छौं, जसका माध्यमबाट तपाईंले त्यहाँ भएका फोटो उच्च गुणस्तरमा सेभ गर्न सक्नुहुन्छ । विशेषगरी कुनै प्रोजेक्ट वा डकुमेन्टमा काम गर्नुपर्दा हामीले वर्ड फाइलमा काम गर्नुपर्ने हुन्छ । अझ कुनै संस्था वा कम्पनीले वर्ड फाइलमा प्रेस रिलिज पठाएको छ भने त त्यसबाट फोटो सेभ गर्नु आवश्यक हुन्छ । त्यस्तै तपाईंले वर्ड फाइलमा नै कसैलाई विभिन्न प्रोजेक्टका फोटो वर्ड फाइलमा पाउनु भएको हुनसक्छ । त्यस वर्ड फाइलमा रहेका फोटो जेपीईजी वा जेपीजी फर्म्याटमा सेभ गर्नु परेको हुनसक्छ । त्यसैले तपाईंले दैनिक जीवनका कतिपय काममा वर्ड फाइलमा भएका फोटो सेभ गर्नुपरेको हुनसक्छ । आज हामी वर्ड फाइलमा भएका फोटो कसरी सेभ गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिन्छौं । त्यसका लागि सामान्य दुई प्रक्रिया अपनाउन सक्नुहुन्छ । सबैभन्दा पहिले फोटो रहेको वर्ड फाइल खोल्नुहोस् । त्यसप...

के पोस्टपेड सिमलाई प्रिपेड र प्रिपेड सिमलाई पोस्टपेड बनाउन मिल्छ ?

काठमाडौँ । टेलिकम कम्पनीहरूले नेपालमा विशेषगरी दुई किसिमका बिलिङ प्रणाली अपनाएका छन्, प्रिपेड र पोस्टपेड । प्रिपेड बिलिङअन्तर्गत तपाईंले कल, एसएमएस तथा डेटा प्रयोग गर्नुभएको समयमा नै बिल तयार हुन्छ र त्यस बापतको रकम तपाईँको ब्यालेन्सबाट कट्टा गरिन्छ । तर पोस्टपेड बिलिङ प्रक्रियामा भने तपाईँले प्रयोग गरेका कल, एसएमएस तथा डेटाको शुल्क बिल तयार नगरी लेखांकन गरिन्छ र महिनामा एकपटक कुनै दिनमात्र बिल तयार गरिन्छ । नेपालमा नेपाल टेलिकम, एनसेल आजियाटा र स्मार्ट टेलिकमका सिमबाट भ्वाइस कल, डेटा लगायतका सेवा लिन सकिन्छ ।त्यसैमा आफ्नो पोस्टपेड सिमलाई प्रिपेड बनाउन सकिन्छ कि सकिँदैन भन्ने धेरैको चासोको विषय हुनसक्छ । यसको कारण फरक–फरक हुनसक्छ । कतिपयलाई प्याकेज, कतिपयलाई सेवा नै मन नपर्न सक्छ । त्यसैले भारत, अमेरिका लगायतका प्रयोगकर्ता प्रिपेडबाट पोस्टपेड र पोस्टपेडबाट प्रिपेडमा रूपान्तरण भइरहेका हुन्छन् । तर, यो सेवा नेपालमा उपलब्ध छ कि छैन त ? आज हामी त्यसैको विषयमा यहाँ कुरा गर्दैछौ । प्रिपेडबाट पोस्टपेड र पोस्टपेडबाट प्रिपेडमा रूपान्तरण सेवाको विषयमा कुरा गर्नुअघि प्रिपेड सिम र पोस्टपेड स...

आईफोनमा स्पाइवेयर आक्रमणको जोखिम, प्राइभेसी सेटिङ परिवर्तन गर्न एप्पलको आग्रह

काठमाडौं । स्पाइवेयर आक्रमणको जोखिम बढेको भन्दै एप्पलले आफ्ना प्रयोगकर्तालाई मोबाइलको प्राइभेसी सेटिङ परिवर्तन गर्न आग्रह गरेको छ । विभिन्न प्रकारका साइबर आक्रमण बढिरहेको सन्दर्भमा एप्पलले आईओएस १६ मा प्रयोगकर्ताको लागि साइबर सुरक्षाका विभिन्न नयाँ फिचरहरू थप गरेको छ । ती फिचर प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो डिभाइसलाई साइबर आक्रमणबाट जोगाउन सकिने भन्दै कम्पनीले यसको उपयोग गर्न आग्रह गरेको हो । आउँदो सेप्टेम्बरमा सार्वजनिक हुने आईओएस १६ मा एप्पलले साइबर आक्रमणबाट बच्नको लागि प्राइभेसी सेटिङमा नयाँ फिचरहरू थप गरेको छ । सार्वजनिक भएपछि सबैले आईओएस १६ प्रयोग गर्न पाउनेछन् नै, अहिले भने कम्पनीले यसको बेटा भर्सन मात्र सार्वजनिक गरेको छ । यस बेटा भर्सनमा पनि साइबर आक्रमण विरुद्धको प्राइभेसी सेटिङ प्रयोग गरेर हेर्न सक्नुहुनेछ । नयाँ प्राइभेसी सेटिङमा ‘चुज माई ओन पासवर्ड’ र ‘इडिट स्ट्रङ्ग पासवर्ड’ जस्ता फिचरहरू थप गरिएको छ । यसका साथै प्रयोगकर्ताले ‘नो स्पेशल क्यारेक्टर’ फिचर सहितको पासवर्ड सेट गर्न मिल्ने फिचर पनि छ । कमजोर पासवर्डका कारण हुन सक्ने विभिन्न साइबर आक्रमणबाट प्रयोगकर्तालाई स...

‘नेपाल ई-पासपोर्ट’ एप सार्वजनिक, मोबाइलबाटै आफ्नो विवरण हेर्न सकिने

Image
काठमाडौं । राहदानी विभागले ‘नेपाल ई–पासपोर्ट’ (Nepal ePassport) नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै विभागले एन्ड्रोइड र आईओएस दुवै भर्सनमा एप सार्वजनिक गरेको छ । यो एपमार्फत् राहदानीका लागि पेश गरेको आवेदन फारम अप्रुभ भए नभएको, राहदानी प्रिन्ट भए नभएकोलगायका जानकारी हेर्न सकिने विभागले जनाएको छ । एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् । from Tech News Nepal https://ift.tt/WJqbF3t via IFTTT