एमडीएमएस लागू भएसँगै विदेशी पर्यटकले नेपाली सिम प्रयोग गर्न सक्छन् या सक्दैनन् ?
काठमाडौं । अवैध मोबाइलको रोकथाम तथा नियन्त्रणका लागि नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि माेबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ । यससँगै एमडीएमएसमा दर्ता नभएका फोनमा नेपाली सिम सपोर्ट हुनेछैन । यो व्यवस्था कार्यान्वयनमा आएसँगै धेरैकाे मनमा यससँग सम्बन्धित थुप्रै जिज्ञासा आइरहेका छन् । विशेषगरी विदेशबाट ल्याएका फोन एमडीएमएस प्रणालीमा दर्ता गर्न के गर्नुपर्छ ? वा दर्ता नगर्दा के हुन्छ भन्ने कुरा बढी खोजिएको छ । त्यसैगरी नेपाल घुम्न आउने पर्यटकले एमडीएमएसमा दर्ता गर्नुपर्छ वा पर्दैन जस्ता विविध विषयमा पनि जिज्ञासा आइरहेको छ । कुनै पनि फोन नेपाल बाहिरबाट ल्याई नेपाली सिम प्रयोग गर्नुपर्ने छ भने उक्त फोन एमडीएमएस प्रणालीमा अवश्य दर्ता गरेको हुनुपर्छ । प्रयोगकर्ताले उक्त फोन नेपालमा ल्याएको १५ दिनभित्र एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्ने व्यवस्था छ । यदि सो समयावधिमा फोन दर्ता गरेको छैन भने उक्त फोनमा नेपाली सिम सपोर्ट हुँदैन । त्यस्तै नेपाल आउने पर्यटकको हकमा पनि नेपाली सिम प्रयोग गर्नुपर्ने अवस्था छ भने दर्ता गर्नुपर्ने हुन्छ । दर्ता नगरेको अवस्थामा पनि उक्त फ...