Posts

एमडीएमएस लागू भएसँगै विदेशी पर्यटकले नेपाली सिम प्रयोग गर्न सक्छन् या सक्दैनन् ?

काठमाडौं । अवैध मोबाइलको रोकथाम तथा नियन्त्रणका लागि नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि माेबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ । यससँगै एमडीएमएसमा दर्ता नभएका फोनमा नेपाली सिम सपोर्ट हुनेछैन । यो व्यवस्था कार्यान्वयनमा आएसँगै धेरैकाे मनमा यससँग सम्बन्धित थुप्रै जिज्ञासा आइरहेका छन् । विशेषगरी विदेशबाट ल्याएका फोन एमडीएमएस प्रणालीमा दर्ता गर्न के गर्नुपर्छ ? वा दर्ता नगर्दा के हुन्छ भन्ने कुरा बढी खोजिएको छ । त्यसैगरी नेपाल घुम्न आउने पर्यटकले एमडीएमएसमा दर्ता गर्नुपर्छ वा पर्दैन जस्ता विविध विषयमा पनि जिज्ञासा आइरहेको छ । कुनै पनि फोन नेपाल बाहिरबाट ल्याई नेपाली सिम प्रयोग गर्नुपर्ने छ भने उक्त फोन एमडीएमएस प्रणालीमा अवश्य दर्ता गरेको हुनुपर्छ । प्रयोगकर्ताले उक्त फोन नेपालमा ल्याएको १५ दिनभित्र एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्ने व्यवस्था छ । यदि सो समयावधिमा फोन दर्ता गरेको छैन भने उक्त फोनमा नेपाली सिम सपोर्ट हुँदैन । त्यस्तै नेपाल आउने पर्यटकको हकमा पनि नेपाली सिम प्रयोग गर्नुपर्ने अवस्था छ भने दर्ता गर्नुपर्ने हुन्छ । दर्ता नगरेको अवस्थामा पनि उक्त फ...

भिभोको ‘वाई ३५’ र ‘वाई २२’ स्मार्टफोन नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

भिभोका दुई फ्ल्यागशिप स्मार्टफोन नेपाली बजारमा काठमाडौं । नेपाली बजारमा चिनियाँ ब्रान्ड भिभोले ‘वाई’ सिरिज अन्तर्गत दुई नयाँ स्मार्टफोन भित्र्याएकाे छ । यसअन्तर्गत कम्पनीले ‘भिभो वाई ३५’ र ‘वाई २२’ उपलब्ध गराएको हो । ‘वाई २५ ’ लाई कम्पनीले स्टाइलिस फोनको उपनाम दिएको छ । यसमा ६.५ इन्चको आईपीएस एलसीडी डिस्प्ले समावेश छ । क्वालकम एसएम६२२५ स्न्यापड्रागन ६८० फोरजी चिपसेटद्वारा सञ्चालित फोन एन्ड्रोइड ११ अपरेटिङ सिस्टममा आधारित छ । त्यस्तै यो मोडेलमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र २ मेगापिक्सेलको डेफ्थ सेन्सर छ । सेल्फीका लागि १६ मेगापिक्सेलको क्यामेरा छ । यस फोनमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ भने ४४ वाटको फास्ट चार्जर समावेश गरिएको छ । नेपालमा उपलब्ध हुने भिभो वाई ३५ मोडेलमा ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज छ । कम्पनीले यसको मूल्य ३० हजार ९९९ रूपैयाँ कायम गरेको छ । त्यस्तै कम्पनीले सार्वजनिक गरेको अर्को ‘वाई’ सिरिजको फाेन ‘भिभो वाई २२’ मा ६.५५ इन्चको आईपीएस एलसीडी डिस्प्ले रहेको छ । मिडियाटेक हेलियो जी८५ प्रोसेसरद्वारा सञ्चालित यो...

१०२ मा कल गरेर डेङ्गु सङ्क्रमितले निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेङ्गु सङ्क्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । पछिल्लो समय डेङ्गु रोगका बिरामी बढ्दै गएपछि महानगरले यस्तो निर्णय गरेको हो । यस रोगका सङ्क्रमितले १०२ मा कल गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्नसक्ने जनाइएकाे छ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै डेङ्गु सङ्क्रमित बिरामीलाई निःशुल्क एम्नुलेन्स सेवा उपलब्ध गराउने जानकारी दिएका हुन् । त्यस्तै महानगरले डेङ्गु रोगको परामर्शका लागि चाैबिसैं घण्टा हटलाइन सेवा सुरु गरेको छ । कुनै पनि व्यक्तिलाई डेङ्गु लागेको छ वा डेङ्गु सङ्क्रमणका केही लक्षण देखिएका छन् भने ११८० मा कल गरेर स्वास्थ्यकर्मीबाट निःशुल्क परामर्श लिन सक्नेछन् । from Tech News Nepal https://ift.tt/3WFX4YN via IFTTT

के साँच्चै आईफोन १३ र १४ उस्तै छन् ?

काठमाडौं । एप्पलले गत साता सार्वजनिक गरेको आईफोन १४ सिरिज अहिले चर्चामा छ । नयाँ सिरिजमा भएका विभिन्न फिचरलाई लिएर मानिसहरूले तुलना सुरु गरेका छन् । कतिपय प्रयोगकर्ताले नयाँ सिरिजको रिभ्यु सार्वजनिक गरिरहेका छन् । आज हामी आईफोनको दुई प्रमुख मोडेलमा भएका भिन्नताबारे यहाँ चर्चा गर्दैछौं । यसो त कम्पनीले जहिले पनि फोन सार्वजनिक गर्दा नयाँ सिरिजलाई बढी प्राथमिकता दिइरहेको हुन्छ । किनभने नयाँ सिरिज सार्वजनिक गरेको घोषणा गर्दा कम्पनीले केही पुराना मोडेलको बिक्री बन्द हुने समेत जानकारी दिन्छ । यसबाट कम्पनीले नयाँ उत्पादनलाई बढी प्राथमिकता दिने गरेको प्रस्ट हुन्छ । आईफोन १३ को विभिन्न भेरियन्ट र आईफोन १४ को भेरियन्टमा के भिन्नता रहेको छ भन्ने धेरैको चासो हुन सक्छ । यि दुई मोडेलबीच तुलना गर्ने हो भने सबैभन्दा पहिले डिस्प्लेको कुरा आउँछ । यि दुवै मोडेलमा कम्पनीले ६.१ ईन्चको सुपर रेटिना एक्सडीआर (Super Retina XDR) डिस्प्ले उपलब्ध गराएको छ । दुवैमा प्रयोग भएको डिस्प्ले २५३२*११७० रिजोलुसन सहित ६० हर्ज रिफ्रेश रेट रहेको छ । प्रोसेसरको कुरा गर्नुपर्दा कम्पनीले आईफोन १४ मा पनि आईफोन १३ मा प्रयोग भए...

आजदेखि ई-सिम वितरण गर्दै टेलिकम, यस्ता छन् सपोर्ट गर्ने फोन

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आज शुक्रबारदेखि इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को व्यावसायिक सुरुवात गरेको छ । हाल बजारमा उपलब्ध हुने प्लास्टिक तथा धातुबाट निर्मित चिप जडित कार्डको विकल्पमा कम्पनीले मोबाइल तथा अन्य डिजिटल उपकरणमै ‘इम्बेड’ अर्थात् गाँस्न सकिने ई–सिम ग्राहकलाई उपलब्ध गराउने भएको हो । पछिल्लो समय बजारमा आएका विभिन्न ब्रान्डले अपडेटमार्फत ई-सिम सपोर्ट गर्ने फिचर ल्याइरहेका छन् । ई-सिमका लागि स्मार्टफोन निर्माता कम्पनीले पहिले नै फोनमा ई-सिमको चिप जडान गरेको हुनुपर्छ । ई-सिमको विकास सन् २०१७ मा भएको भए पनि यो हालसालै मात्र प्रचलनमा आइरहेको प्रविधि हो । कतिपय देशमा यो प्रयोगमा आइसकेको छ भने कतिपय देशमा आउने क्रममा छ । त्यसैले सबै ब्रान्डका डिभाइसमा ई-सिमको चिप जडान नगरेको हुनसक्छ । आजको मितिसम्म तल उल्लेख गरिएका फोनमा ई-सिम सपोर्ट गर्नेछ ।   यी डिभासमा सपोर्ट गर्छ ई-सिम ; आईफोन iPhone XR iPhone XS iPhone XS Max iPhone 11 iPhone 11 Pro iPhone SE 2 (2020) iPhone 12 iPhone 12 Mini iPhone 12 Pro iPhone 12 Pro Max iPhone ...

अन्य डिजिटल कारोबार घट्दा बढ्यो क्यूआर भुक्तानी

काठमाडौं । पछिल्लो केही महिना यता निरन्तर रुपमा बढ्दै आएको डिजिटल कारोबारको वृद्धि रोकिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल वालेट र कनेक्ट आईपीएसमार्फत हुने कारोबार संख्या र रकम दुबै घटेको हो । तर, सँगै क्यूआर भुक्तानी भने बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०७९ साउनमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल वालेट र कनेक्ट आईपीएसमार्फत हुने कारोबार संख्या अघिल्लो महिनाको तुलनमा २८ लाख ८५ हजार ९२० ले घटेको छ । कारोबार रकम एक खर्ब १२ अर्ब रुपैयाँले घटेको छ । जसमा सबैभन्दा बढी कनेक्ट आईपीएसबाट हुन कारोबार घटेको तथ्याङ्कले देखाएको छ । एक महिनाकै अवधिमा कनेक्ट आईपीएसमार्फत कारोबार संख्या करिब ८ लाखले घटेको छ । राष्ट्र बैंकका अनुसार गएको असारमा कनेक्ट आईपीएस प्रयोग गरी ४२ लाख ७० हजा भन्दा बढी ओटा कारोबार भएको थियो । साउनमा उक्त संख्या घटेर ३४ लाख ४७ हजार ७ सय ५८ मै सीमित भएको छ । त्यस्तै कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ । असारमा ३ खर्ब ६९ अर्ब २२ करोड ३० लाख रुपैयाँ कारोबार भए...

क्लासिक टेकको चाडबाड अफर, ७४१ रुपैयाँमै १०० एमबीपीएस गतिको इन्टरनेट 

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले बडा दशैँको अवसरमा चाडबाड अफर ल्याएको छ । कम्पनीले निम्न वर्गका प्रयोगकर्तालाई लक्षित गर्दै मासिक ७४१ रुपैयाँमै १०० एमबीपीएस गतिको इन्टरनेट प्याकेज ल्याएको हो । यो प्याकेजमा आईपीटिभीका लागि मासिक थप १५० रुपैयाँ तिर्नुपर्ने छ । साथै यस अफर अन्तर्गत ग्राहकले ५० प्रतिशत छुटमा भिडिओकनको ३२ इन्च र ४३ इन्चको स्मार्ट टिभी समेत खरिद गर्न सक्ने जनाइएको छ । फ्रेमलेस डिजाइन, १८० डिग्रीको एंगल,  १ जीबी र्‍याम र ८ जीबी रोम युक्त यी टीभीमा एक वर्षको वारेन्टी रहेको छ।  यसका साथै टिभीमा एचडीएमआई, वाईफाई/ इथरनेट, युएसबीका लागि ३ ओटा पोर्ट समेत रहेका छन् । एन्ड्रोइड भर्सन ९.० मा आधारित टिभीमा 20 वाटको स्पिकर र टेबल माउन्ट पनि उपलब्ध रहेको छ । १९२० * १०८० को डिस्प्ले सहित प्यानल रेटिङ  डीएलईडी ए प्लस प्यानल डट फ्रि रहेको छ।  ३२ इन्चको एलईडी टिभी यो योजना अन्तर्गत १३ हजार २७३ र ४३ इन्चको स्मार्ट टिभी २५ हजार ६६३ रुपैयाँमा उपलब्ध हुने जनाइएको छ ।  from Tech News Nepa...