Posts

गुणस्तरीय शिक्षाका लागि बेथितिको अन्त्य आवश्यक ः मन्त्री साह

Image
कलैया, १५ पुस/ बिनाविभागीय मन्त्री ज्वालाकुमारी साहले शिक्षामा देखिएको बेथिति अन्त्य नगरेसम्म गुणस्तरीय शिक्षा प्राप्त नहुने बताउनुभएको छ । रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसको १५औँ सभालाई कलैयामा सम्बोधन गर्दै मन्त्री साहले नागरिकलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन मुलुकको शिक्षा क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको अन्त्य हुनुपर्ने बताउनुभयो । जिल्लाकै जेठो क्याम्पस रामराजाले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्दा यहाँका विद्यार्थी अन्यत्र जानुपर्ने बाध्यता रहेको उहाँको बुझाइ छ । शिक्षक तथा प्राध्यापकहरूले पठनपाठनमा भन्दा राजनीतिमा बढी समय दिँदा प्रभावकारी र गुणस्तरीय शिक्षा प्राप्त हुन नसकेको उहाँको आरोप छ । कार्यक्रमलाई सम्बोधन गर्दै कलैया उपमहानगरपालिका प्रमुख विनोद साहले गुणस्तरीय शिक्षाका लागि आफू क्याम्पसलाई सहयोग गर्न तयार रहेको बताउनुभयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रभुनाथ पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, नेकपा एमालेका सचिव अध्याननद पाण्डेय, क्याम्पस प्रमुख रविभूषण कुसवाहा, सञ्चालक समितिका उपाअध्यक्ष जङ्गबहादुर चौरसिय...

नेपाल टि ट्वान्टी क्रिकेट : विराटनगर विजयी

Image
काठमाडौँ, १४ पुस  राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि–ट्वाटी क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो ।  पोखराले विराटनगरलाई जितका लागि एक सय ३६ रनको चुनौती दिएको थियो । जवाफमा विराटनगरले १८ दशमलव चार ओभरमा दुई विकेट गुमाएर एक सय ३८ रन बनायो । विराटनगरको जितमा रोहित पौडेलले अविजित ७१ रनको योगदान दिए । उनले ५७ बलमा तीन छक्का र छ चौकाको मद्दतमा ७१ रनको योगदान दिएका हुन् । त्यसैगरी गौरान्सु शर्माले ३३ रन थपे भने हुसेन तलातले २८ रनको योगदान गरे । बलिङमा पोखराका अमिर हम्जा र जाहिर खानले समान एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ३५ रन बनाएको थियो । पोखराका लागि अमिर हम्जाले सर्वाधिक ३७ रनको योगदान दिए भने सुमित महर्जनले २६ रन बनाए । त्यसैगरी कप्तान उपुल थरङ्गाले २५ रन बनाउँदा प्रतिशत जिसिले अविजित १३ तथा आसिफ शेखले ११ रन जोडे । विराटनगरका कप्तान आन्द्रे म्याकार्थीले तीन विकेट लिए भने साहब आलम, ...

गाँजा मुद्दामा फरार रहेका चौधरी पक्राउ

Image
वीरगंज, १४ पुस । गाँजा मुद्दामा सजाय र जरिवाना तोकेपछि फरार रहेका एकजना व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । पक्राउ पर्नेमा सखुवापरसौनी गापा–२ निवासी बृजलाल चौधरी रहेको इप्रका पटेर्वासुगौलीले जनाएको छ । २०५८ सालमा गांजा मुद्दामा चोधरीलाई दुई वर्ष ११ महीना कैद र १५ हजार जरिवाना पर्सा जिल्ला अदालतले तोकेको थियो । उनलाई आज बिहान खेतबाट पक्राउ गरिएको इप्रका पटेर्वासुगौलीका प्रनि किशोर आचार्यले जनाएका छन् । 

प्रचण्ड प्रधानमन्त्री बनेको खुशीयालीमा छिपहरमाई गापामा खुशीयाली मनाइयो

Image
पर्सा, ११ पुस । पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री बन्नुभएकोमा नेकपा माओवादीले पर्साको छिपहरमाई गाउँपालिकामा खुशीयाली मनाएको छ । सोमवार छिपहरमाई गापाको सदरमुकाम भिस्वा चोकमा नेकपा माओवादी केन्द्रका युवा नेता शाहरूख मन्सुरीको अध्यक्षता कार्यक्रम भएको थियो । कार्यक्रममा नेता मन्सुरीले मैनबत्ती बालेर, पटाका पडकाई प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका थिए । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  प्रधानमन्त्रीको सपथ लिनु भएको र नेकपा माओवादी केन्द्रको सरकार बनेको खुशीमा युवा नेता मन्सुरीले अबिरबाट  र मैनबत्तीबाट गोलो आकारभित्र हँसिया हथौडा बनाई कार्यक्रमको उदघाटन गरेका थिए । नेता मन्सुरीले मन्तव्यको क्रममा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन गठबन्धन सरकारले सहयोग गरेकोमा धन्यवाद दिंदै नेपालको संविधान बचाउन र संविधानको रक्षा तथा देशलाई विकासतर्पm लैजानुपर्नेमा जोड दिए । देशको नयाँ मुहार फेर्न र मधेशी दलित मुस्लिम आदिवासीको हक अधिकारका लागि सरकारले   तदारुकताका साथ कार्य गर्नुपर्ने बताए । उनले युवाहरूको रोजगारको लागि नेकपा माओवादी अध्यक्ष पुष्पकमल...

आज बिहानैदेखि तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो

Image
वीरगंज, ७ पुस/ आज बिहानदेखि तराईका विभिन्न भू–भागमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ । धेरै स्थानमा लागेको कुहिरो तथा हुस्सु मध्यान्नपछि क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा गौचर विमानस्थलले जनाएको छ । हुस्सु र कुहिरोका कारण तराईका जिल्लामा जनजीवन प्रभावित हुन थालेको मौसमविद् प्रतिभा माननधरले बताउनुभयो । उहाँका अनुसार पश्चिम तराईका जिल्ला कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी–पूर्व, नवलपरासी–पश्चिम यसैगरी मध्य तराईका जिल्लामा चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा तथा पूर्व तराईका जिल्ला सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापामा बिहानैदेखिको हुस्सुका कारण हिँडडुल गर्न नै समस्या भएको छ । अहिले नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बदली भएको छ । काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडान र अवतरण प्रभावित भएको छ । उडान अवतरण बन्द हुँदा हवाईयात्रा गर्ने यात्रीलाई असहज भएको विमानस्थलका प्र...

विवाहमा नाचगान गर्ने क्रममा विवाद, कुटपिटबाट एकजनाको मृत्यु

Image
वीरगंज, ६ पुस/ विवाहमा नाचगान गर्न जाँदा विवाद भएपछि जीराभवानी गाउँपालिका वडा नं.४ ठेकरीया बस्ने वर्ष ३६ को सैमुल्लाह राउत गद्दी गम्भीर घाइते भएको र आज बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । पुस ५ गते राती ११ बजे जीराभवानी गाउँपालिका वडा नं.४ स्थित साबिर राउत गद्दीको विवाहमा सैमुल्लाह राउत गद्दी गएका थिए । विवाहमा नाचगान गर्ने क्रममा विवाद हुँदा सोही ठाउँका जाजुल राउत गद्दी समेतले उनलाई कुटपिट गरेको थियो । कुटपिटबाट गम्भीर घाइते भएका सैमुल्लालाई आज बिहान प्रहरी चौकी पाण्डेपुर र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक किशोर आचार्यको कमाण्डमा गएको प्रहरीले सैमुल्लाहको घरमा पुगी तत्कालै उपचारार्थ नारायणी अस्पताल वीरगंज लगेका थिए तर उनलाई चिकित्सकले मृत घोषणा गरेको जिप्रका, पर्साले जनाएको छ ।

बाबा प्रिन्टिङ उद्योगमा आगलागी

Image
वीरगंज, ६ पुस ।   बाबा प्रिन्टिङ एण्ड पैकेजिङ ईन्डष्ट्रिज प्रा.लि.मा गएराति आगलागी भएको छ । राति पौने १२ बजे पर्सा बिन्दवासिनी गाउँँपालिका वडा नं. २ गर्दाैल स्थित बाबा प्रिन्टिङ एण्ड पैकेजिङ ईन्डष्ट्रिज प्रा.लि.कार्टुन फ्याक्ट्रीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, विपत व्यवस्थापन गुल्म पर्साबाट गएको वारुणयन्त्रले बिहान करीब तीन बजे आगलागी निनयन्त्रणमा लिएको थियो । आगलागीमा फ्याक्ट्रीमा रहेको कच्चा पदार्थ, मेसिनरी सामानहरू तथा तयारी गरिएको कार्टुन लगायत गरी चौध करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।