Posts

क्षमतावान् मानिसलाई अगाडि बढ्न कसैले रोक्दैन– लामिछाने बाराका यादव समूहको मतबाट विजय हुन्छु – खरेल

Image
बारा, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनले मधेसमा जातियता, क्षेत्रीयता र साम्प्रदायिकतालाई दलहरूले मागी खाने भाँडो बनाएको आरोप लगाए । आइतवार बाराको सिमरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले सो कुरा बताएका हुन् । काठमाडौंवासीले बालेन शाहलाई अत्यधिक मतले विजयी बनाएको उदाहरण दिँदै उनले अब दलहरूले जातियता, क्षेत्रीयता र साम्प्रदायिकतालाई मागी खाने भाँडो बनाउन नहुने बताए । 'नयाँ पुस्ताले अब नेतृत्व कस्तो मान्छेको हुने हो भन्ने हेर्छ, स्थानीय निर्वाचन हो भने त्यही वडाको मान्छे चाहिने होला, हामी वडाध्यक्ष चुनिरहेका छैनौ सांसद चुनिरहेका छौ, त्यसैले राष्ट्रिय स्तरको उम्मेदवार हामीले उठाएका हौँ' सभापति लामिछानेले भने 'अब राजनीति गर्ने मान्छेहरूले जातियता, साम्प्रदायिकता र क्षेत्रीयतालाई धेरै मागी खाने भाँडो बनाउन हुँदैन यो कुरा नेपाली नागरिकहरूले बुझिसकेका छन् ।' सभापति लामिछानेले मधेसमा काम गर्ने राष्ट्रिय स्तरको उम्मेदवार आवश्यक भएकाले पार्टीले रमेश खरेललाई उठाएको बताए  । 'स्थानीय चुनाव हो भने त्यही वडाको मान्छे चाहिने होला, तर...

वन फडानीको आरोपमा पक्राउ परेका वडाध्यक्ष चौधरी २ लाख धरौटीमा छुटे

Image
बारा, २४ चैत । राष्ट्रिय वन क्षेत्र फडानी गरेको आरोपमा पक्राउ परेका कोहल्वी नगरपालिका वडा नं ५ का वडाध्यक्ष ननदकिशोर चौधरी २ लाख  धरौटीमा छुटेका छन् । जिल्ला अदालत बाराले वडाध्यक्ष चौधरीलाई २ लाख धरौटीमा छाड्ने आदेश दिए लगत्तै धरौटी रकम बुझाएर उनी बिहीवार नै छुटेका हुन् । वडाध्यक्ष चौधरीमाथि कोहल्वी नगरपालिका–५ रामवनस्थित राष्ट्रिय वन क्षेत्रभित्र ५ हेक्टर जग्गामा तारवार गरी लगाइएको करिब ९ हजार   बिरूवा नष्ट गरेको आरोप लागेको थियो । सो आरोपमा उनलाई डिभिजन वन कार्यालय बाराले २६ दिनअघि पक्राउ गरेको थियो । डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले वडाध्यक्ष चौधरीले दसौँ लाख मूल्य बराबरको क्षति गरे पनि अदालतले गरेको आदेशको विषयमा टिप्पणी गर्न नमिल्ने बताएका छन् । 'फिल्डमा वडाध्यक्षको नेतृत्वमा हुर्किसकेको  हजारौँ बिरूवा विनाश भएका छन् दसौँ लाख मूल्य बराबरको क्षति भएको छ तर अब अहिले अदालतले २ लाख धरौटीमा छाड्ने आदेश दिएको छ तैपनि हामीले अदालतको आदेशको विषयमा चित्त नबुझे पनि टिप्पणी गर्न सक्दैनौ' डिभिजन वन अधिकृत सिंहले भने । Virus-free. www.avast.com

रौतहटमा आगलागी, लाखौंको क्षति

Image
रौतहट, २४ चैत । रौतहटको देवाही गोनाही नगरपालिका १ करूनिया गाउँँमा गए राति एकघरका आगलागी हुँदा ३० लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ। बिहीवार साँझ एक्कासि करूनीया गाउँँका मुन्ना मियाँँको घरमा आगलागी भएको थियो। आगलागी बाट घरमा रहेको नगद, लत्ताकपडा फर्निचर, धान, गहूँ, मुसुरो, फ्रीजका साथै पक्की भवन निर्माणको लागि तयार अवस्थामा राखिएको सालको झ्याल, ढोका लगायत खरको छाना भएको घर समेत जलेर ३० लाख बराबरको क्षति भएको पीडितले जनाएको छ।   स्थानीय र प्रहरी मिलेर आगलागी नियन्त्रणमा लिएको देवाहि गिनाहिका एकीकृत समाजवादीका मेयर प्रत्याशी धर्मेन्द्र पटेलले बताए । आगलागीको कारण खुल्न नसकेको भए पनि लामखुटे धपाउन बालिएको घुर बाट सल्केर भएको हुनसक्ने अनुमान गरिएको छ। Virus-free. www.avast.com

ठोरीमा आंतक मचाउने बाघ नियन्त्रण

Image
वीरगंज, २२ चैत । ठोरीमा आतंक मच्चाउने बाघलाई गएराति पौने १ बजे नियन्त्रणमा लिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक टोली, डाक्टर, सुटर, पर्सा राष्ट्रिय निकुञ्जका टोली, सेनालगायतको सक्रियतामा कुसुमवाटिका मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत पुल्चोक सामुदायिक वनबाट नियन्त्रणमा लिएको हो । ठोरी गापा वरपरमा सो बाघले केही दिनदेखि निकै आंतक मच्चाउँदै आइरहेको थियो । सरोकारवालाको निकै दिनको प्रयासपछि बाघलाई नियन्त्रणमा लिएको उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रिनले बताएका छन् ।  Virus-free. www.avast.com

सडक मरम्मत नगरेपछि वीरगंज महानगरपालिकाले टेलिकम हातामा सात टयाक्टर फोहर फाल्यो

Image
वीरगंज, २१ चैत । नेपाल टेलिकमले सडक मरम्मत नगरेको विरोधमा वीरगंज महानगरपालिकाले टेलिकम परिसरमा फोहर फालेर विरोध प्रदर्शन गरेको छ । मंगलवार नगरप्रमुख राजेशमान सिंहको आदेशमा नेपाल टेलिकम क्षेत्रीय कार्यालय श्रीपुर वीरगंजको हातामा सात टयाक्टर फोहर फालेर विरोध प्रदर्शन गरिएको हो । नेपाल टेलिकमले इन्टरनेटको फाइबर तार बिच्छ्याउँदा कालोपत्र सडक र फुटपाथ खनेर महीनौंदेखि अलपत्र छाडेको विरोधमा महानगरपालिकाले आज सात टयाक्टर फोहर टेलिकमको हातामा फालेर विरोध गरेको हो । पटक–पटक भत्केको सडक मरम्मत गर्न टेलिकमलाई आग्रह गर्दा पनि कुनै सुनवाइ नभएपछि बाध्य भएर फोहर फालिएको नगरप्रमुखका स्वकीय सचिव सत्यराज घिमिरेले बताए ।  Virus-free. www.avast.com

पर्सा राष्ट्रिय निकुञ्ज र ठोरीलाई जोडेर मधेश प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्न माग

Image
वीरगंज, २० चैत । वीरगंजका होटल  तथा पर्यटन व्यवसायीहरुले पर्सा राष्ट्रिय निकुञ्ज र ठोरी क्षेत्रलाई मधेश प्रदेशको पर्यटकीय राजधानी घोषणा  गर्न माग गरेका छन् । सोमवार ठोरीमा मधेश प्रदेशकी उद्योग पर्यटन तथा वनमन्त्री सुनिता यादव र वीरगंज  उद्योग वाणिज्य संघका पदाधिकारीहरूको सम्मानमा होटल तथा पर्यटन व्यवसायी संघ वीरगंज र ठोरी गाउँपालिकाले  संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा वीरगंजका होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तले मधेश प्रदेशकी उद्योग, पर्यटन तथा वनमन्त्री सुनीता यादवसमक्ष उक्त माग राखेका हुन् । पन्तले  मधेसको पर्यटन प्रबद्र्धनमा केन्द्र र प्रदेश दुवै सरकारले चासो नदिएको गुनासो गरे ।   व्यवसायीहरूको गुनासोको सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशकी उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवले अघिल्लो सरकारले गरेको अदुरदर्शी काम कारबाहीको जिम्मा आफूले नलिने बताउँदै अब चाही ठोरीको विकाशमा प्रदेश सरकार लागिपर्ने बताइन् । उनले ठोरीमा पर्यटनको प्रचुर सम्भावना रहेको बताइन । उनले मन्त्रालय टुक्रिने क्रममा रहेकोले यदि आफू पर्यटन मन्त्रालयमै रहे ठोरीको पर्यटन प्रबद्र्...

चरेससहित एकजना पक्राउ

Image
वीरगंज, १३ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध चरेश सहित एक जना मानिसलाई पक्राउ गरेको जनाएको छ । आज बिहान अढाइ बजे कालिकामाई गाउँपालिका वडा नं.१ तिनडुबिया बस्ने वर्ष ३८ को बृजेश प्रसाद कुर्मीले आफ्नै घरमा लागु औषध चरेश लुकाइ छिपाइ राखिएको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्र.नि. मोहन विक्रम केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा सो घरको अगाडि बरण्डामा खाटमुनी पहेलो र कालो प्लाष्टिकले बेरिएको ५०० ग्रामको २० पोका गरी जम्मा ९ के.जी. ८०० ग्राम लागु औषध चरेश बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका कुर्मीलाई पर्सा जिल्ला अदालतबाट ४ म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भैरहेको जिप्रका, पर्साले जनाएको छ ।  Virus-free. www.avast.com