क्षमतावान् मानिसलाई अगाडि बढ्न कसैले रोक्दैन– लामिछाने बाराका यादव समूहको मतबाट विजय हुन्छु – खरेल
बारा, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनले मधेसमा जातियता, क्षेत्रीयता र साम्प्रदायिकतालाई दलहरूले मागी खाने भाँडो बनाएको आरोप लगाए । आइतवार बाराको सिमरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले सो कुरा बताएका हुन् । काठमाडौंवासीले बालेन शाहलाई अत्यधिक मतले विजयी बनाएको उदाहरण दिँदै उनले अब दलहरूले जातियता, क्षेत्रीयता र साम्प्रदायिकतालाई मागी खाने भाँडो बनाउन नहुने बताए । 'नयाँ पुस्ताले अब नेतृत्व कस्तो मान्छेको हुने हो भन्ने हेर्छ, स्थानीय निर्वाचन हो भने त्यही वडाको मान्छे चाहिने होला, हामी वडाध्यक्ष चुनिरहेका छैनौ सांसद चुनिरहेका छौ, त्यसैले राष्ट्रिय स्तरको उम्मेदवार हामीले उठाएका हौँ' सभापति लामिछानेले भने 'अब राजनीति गर्ने मान्छेहरूले जातियता, साम्प्रदायिकता र क्षेत्रीयतालाई धेरै मागी खाने भाँडो बनाउन हुँदैन यो कुरा नेपाली नागरिकहरूले बुझिसकेका छन् ।' सभापति लामिछानेले मधेसमा काम गर्ने राष्ट्रिय स्तरको उम्मेदवार आवश्यक भएकाले पार्टीले रमेश खरेललाई उठाएको बताए । 'स्थानीय चुनाव हो भने त्यही वडाको मान्छे चाहिने होला, तर...