Posts

सामुदायिक सेवा केन्द्र मुर्लीद्वारा सवारी साधनमा चम्किलो स्टिकर टाँस

Image
वीरगंज, २४ वैशाख ।   समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्ली वीरगंजले आइतवार हलुका सवारी साधनमा चम्किलो स्टिकर टाँस गरेको छ ।   केन्द्रका सचिव कुलनारायण प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा सवारी दुर्घटना रोकथाम नियन्त्रण गर्न ५० वटा साइकल, ४० वटा ठेला, २० वटा रिक्शामा चम्किलो स्टिकर टाँस गरिएको हो । रातिको समयमा साइकल, रिक्शा, ठेलामा बत्ती नहुने  गरेकोले दुर्घटना बढ्न थालेपछि सोको रोकथामको लागि चम्किलो स्टिकर टाँस गरिएको सचिव प्रधानले बताए ।     कार्यक्रममा प्रहरी वरिष्ठ हवल्दार गणेशप्रसाद यादवलगायतले साइकल, रिक्शा, ठेलामा चम्किलो स्टिकर टाँस गरेका थिए ।    Virus-free. www.avast.com

भरपेट भोजनालय पुनः सञ्चालनमा आउंदै

Image
वीरगंज, २२ बैशाख । जेठ पहिलो सातादेखि भरपेट भोजनालय फेरि सञ्चालनमा आउने भएको छ । सानो पाइलाले गरिब विपन्न र मजदुरहरूलाई ५० रुपियाँँमै खाना खुवाँउदै आएको भरपेट भोजनालय खर्च थेग्न नसकेको भन्दै चार महिना अघि बन्द भएको थियो । बढ्दो महङगीका कारण खर्च थेग्न नसकेर चार महिना पहिले बन्द गरिएको भरपेट भोजनालय फेरि सञ्चालनमा ल्याउने तयारी भइरहेको सानो पाइलाका संस्थापक दिपक बहादुर श्रेष्ठले बताए । शुक्रवार आयोजित पत्रकार भेटटघाट कार्यक्रममा उनले चार महिनादेखि भोजनालय बन्द छ, तर अहिलेपनि न गरिब, विपन्न र मजदुरहरू खाना खोज्दै दिनहँु यहाँ आउछन्, बन्द भएको देखेर निराश भएर फर्किन्छन्, त्यसका कारण खर्चको व्यवस्थापन गरेर फेरि जेठ पहिलो सातादेखि सनचालनमा ल्याउने तयारीमा जुटेका छौं बताए ।   भोजनालय पुन सनचालनका लागि दीर्घकालीन उपाय खोज्नमा लागिरहेको भन्दै उनले भने,' दाताहरूबाट अहिलेसम्म ३० प्रतिशत रकम जम्मा भइसकेको छ, अब बाँकी रहेको ७० प्रतिशत रकम पनि दाताहरूबाटै जुटाउने अभियानमा लागिरहेका छौं । यसका लागि वीरगंज महानगरपालिकासंग पनि समन्वय गरिरहेको श्रेष्ठले बताए । श्रेष्ठले भने,' डेढ वर्षपहिले भर...

वीरगंजमा फोहोर फाल्ने एक जनालाई ५० हजार जरिवाना

Image
वीरगंज, २२ बैशाख ।  वीरगंज महानगरपालिकाले शुक्रवार जथाभावी फोहोर फाल्ने एक जनालाई कारबाई गरि ५० हजार रुपियाँँ जरिबाना तिराएको छ । सफा, स्वच्छ र सुन्दर वीरगंज महानगर बनाउने अभियानका साथ सरसफाईलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको महानगरले जथाभावी फोहोर फालेर दुर्गन्ध फैलाउनेलाई कारबाई गरेको हो । वीरगंजको बाइपास सडक खण्ड अन्तर्गत नगवाको वैष्णवी मन्दिर नजिकै राङ्गा, भैसीको सडेको हडडी फालेर दुर्गन्ध फैलाउने शिवपुजन चौरसियालाई महानगरको टोलीले नियन्त्रणमा लिएर ५० हजार रुपियाँँ जरिबाना गरेको हो ।महानगरले यस अघि वीरगंजकै सीता अस्पताललाई सडकमा जथाभावी माटो खसाएर फोहोर गरेको भन्दै ५१ हजार रुपियाँँ जरिबाना गरेको थियो । महानगरपालिकाले चार महिना यता सडक, पेटी र नालामा फोहोर फाल्ने ३ सय ९० जनालाई कारबाई गरि ९ लाख ६० हजार भन्दा बढि जरिबाना असुल गरिसकेको छ।महानगरपालिकाले चार महिनाको अवधिमा शुक्रवारसम्म ३ सय ९० जनालाई कारबाई गरि जरिवाना बापत ९ लाख ६१ हजार ५०५ रुपियाँँ रकम असुल गरेको महानगरको फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख सरफुदिन मियाँँले जानकारी दिए । वीरगंज शहरलाई सफा र स्वच्छ राख्न सरसफाई र ...

वीरगंजमा खुल्यो ‘वाटर पार्क

Image
वीरगंज, २२ बैशाख ।  परवानीपुर गाँउपालिका वडा नम्बर ४ लिपनीमालस्थित वीरगंज–पथलैया सडकखण्ड छेउमा 'वाटर पार्क' सञ्चालनमा आएको छ । व्यवसायिक घराना चाचान समूहले ७ करोड रुपियाँँको लगानीमा 'थ्रिल वाटर पार्क ' सञ्चालनमा ल्याएको हो । वाटर पार्कको शुक्रवार चाचान ग्रुपका अध्यक्ष बाबुलाल चाचानले समुद्घाटन गरे । परवानीपुरमा शुक्रवारदेखि सञ्चालनमा ल्याइएको 'थ्रिल वाटर पार्क' मधेस प्रदेशकै पहिलो वाटर पार्क भएको सञ्चालक निखिल चाचानले बताए । उनले भने,' काठमाडौं, चितवन, भक्तपुर बाहेक मधेस प्रदेशमै यो पहिलो वाटर पार्क हो । बालबालिका देखि बृद्धबृद्धासम्मलाई लक्षित गरि सञ्चालनमा ल्याइएको 'थ्रिल वाटर पार्क' स्वीमिङ पुल, पानीको फोहोराले मसजा गर्ने 'ज्याक उ पुल' समुन्द्रको जस्तो छाल आउने 'वेभ पुल', 'रेन डान्स', 'ट्याप डूर स्लाइड' का साथै रेष्टुरेण्ट पनि सनचालनमा ल्याइएको चाचानले बताए ।चाचानले भने,' पर्सा, बारा, मकवानपुरका साथै भारत बिहारको रक्सौल, बेतिया र मोतिहारीसम्मका स्थानीयलाई लक्षित गरि यो वाटर पार्क खोलिएको हो । वाटर पार्कमा बालबाल...

चार्टर अकाउन्टेन्ट रावल सिमराबाट पक्राउ

Image
बारा, २२ वैशाख । चितवनका पोल्ट्री फर्म व्यवसायी शंकर कंडेलको आत्महत्या प्रकरणमा प्रहरीले उनका चार्टर अकाउन्टेन्टलाई सिमराबाट पक्राउ गरेको छ । कंडेलको परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले चार्टर अकाउन्टेन्ट जीवन रावललाई विहिवार राती सिमराबाट पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सिमराको सहयोगमा चितवनबाट आएको प्रहरी टोलीले रावललाई नियन्त्रणमा लिएको हो । रावललाई राती नै चितवन लगिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । व्यवसायी कंडेलले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोटमा रावलको नाम समेत उल्लेख गरेका छन् । बझाङ घर भएका रावल १० वर्षदेखि कंडेलको कम्पनीमा कार्यरत थिए । आफ्नो लगानीमा संचालित अनमोल फिड्सको शेयर खरिद गर्ने व्यवसायी प्रदीप रूङ्टासहित अकाउन्टेन्ट रावलका कारण आत्महत्या गर्न बाध्य भएको भन्दै कंडेलले सुसाइड नोट लेखेका थिए । Virus-free. www.avast.com

महागढीमाईमा प्रम प्रचण्डको पुतला दहन

Image
बारा, २२ वैशाख । बाराको महागढीमाई नगरपालिकाका स्थानीयले शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुतला दहन गरेका छन् । प्रमुख प्रशासकीय अधिकृतका नभएका कारण चार महिनादेखि नगरपालिकाको कामकाज ठप्प हुँदा समेत सरकारले चासो नदेखाएको भन्दै स्थानीयले प्रधानमन्त्री प्रचण्डको पुतला दहन गरेका हुन् । सयौंको संख्यामा रहेका स्थानीयले प्रधानमन्त्री प्रचण्डको पुतलामा आगो लगाउँदै नाराबाजी गर्न थालेपछि नजिकै रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाएका थिए । प्रधानमन्त्रीको पुतला दहनसंगै स्थानीयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको राजीनामा समेत माग गरेका छन् । प्रमुख प्रशासकीय अधिृकत पठाउन नसक्ने मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने भन्दै स्थानीयले नाराबाजी गरेका थिए । यसअघि महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले गठबन्धन दलका नेता र मन्त्रीलाई महागढीमाई नगर क्षेत्रभित्र प्रवेशमा रोक लगाएको भन्दै बुधवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए । प्रधानमन्त्रीसहित गठबन्धन दलका शिर्षस्थ नेतालाई भेटेर प्रमुख प्रशासकीय अधिकृत पठाईदिन आग्रह गर्दा समेत सुनुवाई नभएपछि ...

नक्कली नेरु पौने पाँच लाखसहित दुर्ईजना वीरगंजबाट पक्राउ

Image
वीरगंज, २१ वैशाख । नक्कली नेपाली नोटसहित वीरगंज महानगरपालिका–१६ बाट दुर्ई जनालाई प्रहरीले पक्राउ गरेको छ । दुर्ई जनालाई १ हजार दरको ४ सय ५० थान र ५ सय दरको ७२ थान गरी जम्मा ४ लाख ८६ हजार नक्कली रुपियाँँसहित बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सर्लाही गोडैता नगरपालिका–१२ मधुवनी बस्ने ३४ वर्षीय आनन्द बर्दन सिंह र बारा परवानीपुर गाउँँपालिका–३ बस्ने ३६ वर्षीय ओम प्रकाश साह रहेका छन् । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बसपार्कतर्पmबाट प्रतिमा चोकतर्पm जादै गरेको बीआर ०१ पीजी ६५७७ नम्बरको भारतीय गाडीलाई जाँच गर्ने क्रममा उक्त नक्कली नोटसहित फेला पारी चालक सिंह र गाडीमा सवार साहलाई पक्राउ गरेको थियो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।