Posts

६५ किलो गाँजासहित एक जना पक्राउ

Image
बीरगन्ज,०२ असार । बीरगन्जबाट प्रहरीले ६५ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका- ६ नयाँबस्ती बस्ने ५१ वर्षीय रामकुमार मोक्तानलाई पक्राउ गरेको हो । सर्च एण्ड रेड कारबाहीको क्रममा मंगलबार साँझ ५ बजे वीरगञ्ज-१८ भवानीपुर सडक छेउबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । सडकछेउ रोकिराखेको बागमती प्रदेश-०१-००६ ख १८२८ नम्बरको ट्रकमा खानतलासी गर्दा ४ वटा प्याकेटमा ६५ किलो गाँजा बरामद भएको हो । पक्राउ परेका मोक्तान उक्त ट्रकका चालक हुन् । गाँजासहितको ट्रक नियन्त्रणमा लिई मोक्तानविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बोक्सीको आरोपमा रौतहटमा वृद्धामाथि निर्घात कुटपिट

राैतहट,०२ असार । रौतहटमा बोक्सीको आरोपमा एकजना वृद्धामाथि मरणासन्न हुनेगरी कुटपिट भएको छ । जिल्लाको माधवनारायण नगरपालिका–५, मिठुहवा टोल बस्ने ६५ वर्षीय श्रीपती देवीलाई उनकै छिमेकी सन्दिप महरासहितको समूहले बोक्सीको आरोपमा साङ्घातिक आक्रमण गरेको पीडित परिवारका सदस्यहरुको आरोप छ । गत शनिबार आफ्नो घरबाट शिवनगरस्थित महादेव मन्दिर जानेक्रममा बाटोमा सन्दिप र उनका साथमा रहेका केही अन्य व्यक्तिले श्रीपतीलाई धारिलो हतियार र भाटासहित आक्रमण गरेका थिए । कुटपिटबाट श्रीपतीको टाउको, हात, कान लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । प्रहरीले घटनास्थलबाट उनलाई आक्रमण गर्न प्रयोग भएको भाटाको बन्डल बरामद गरेको छ । श्रीपती देवीलाई सोही बाटो हुँदै खेतमा गइरहेका स्थानीयवासीले देखेर उद्धार गरी चन्द्रपुर–४ स्थित सिभिल अस्पतालमा लगेका थिए । हाल सोही अस्पतालमा उनको उपचार भइरहेको छ । उपचारको क्रममा उनको टाउको लगायत शरीरका १० ठाउँमा ३ सय बढी टाँका लगाइएको चिकित्सकले बताएका छन् । श्रीपती देवीको श्रीमानको १० वर्ष अगाडि मृत्यु भएको थियो । श्रीमानको मृत्यु भएपछि नै उनलाई सन्दिपको परिवारले बोक्सी भन्दै मानसिक ...

पर्सामा लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले लगाए कोरोनाविरुद्धको खोप

Image
वीरगञ्ज, ३१ जेठ  पर्सामा लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले मात्र कोरोना भाइरसविरुद्धको भेरो सेल खोप लगाएका छन् । सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको भेरो सेल खोप लगाउन गरेको निर्देशनानुसार पर्सामा गत शुक्रबार र शनिबार सञ्चालन गरेको खोप केन्द्रबाट लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले मात्र खोप लगाएका हुन् ।  पर्सामा १२ हजार ३ सय नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो । यसका लागि वीरगञ्ज महानगरपालिकालगायत १४ वटै स्थानीय तहको वडास्तरमा १०२ खोप केन्द्र सञ्चालन गरिएको थियो । सो केन्द्रबाट  चार हजार ५५४ ज्येष्ठ नागरिकले मात्र कोरोना भाइरसविरुद्धको भेरोसिल खोप लगाएको जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।       भेरोसिल खोपले शरीरमा नाकारात्मक प्रभाव पर्न सक्ने गलत हल्ला फैलिएपछि फैलिएपछि जिल्लामा ६३ प्रतिशत लक्षित वर्गले सो खोप लिन नमानेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिल सिंहले राससलाई बताउनुभयो । लक्षित वर्गका लागि सङ्घीय सरकारबाट १० हजार ८३० डोज भेरोसिल खोप प्राप्त भएको सो कार्यालयले जनाएको छ । आज पुनः खोप कार्यक्रम स...

विश्व रक्तदाता दिवस : ४० हजार युनिट रगत खपत

Image
– नारायण अधिकारी चितवन, ३१ जेठ   देशकै मध्यभाग र मेडिकल सिटीका रुपमा विकास भइरहेको जिल्लामा वार्षिक ४० हजार युनिट हाराहारी रगत खपत हुने गरेको छ । ठूलो सङ्ख्यामा हुने सुत्केरी, क्यान्सरका बिरामी, दुर्घटनाका घाइते र ठूला शल्यक्रिया हुने भएकाले यहाँ रगतको माग बढी भएको हो ।  क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले विगतमा यहाँ सङ्कलन गरेको रगत राजधानी काठमाडौँ लगायतका ठूला शहरमा पठाउने गरिएको भए पनि पछिल्ला वर्षमा बाहिरी जिल्लाबाट समेत ल्याउनुपर्ने अवस्था सिर्जना भएको छ ।  नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति ज्ञानशाली न्यौपाने यहाँका दुई ठूला मेडिकल कलेज, सरकारी भरतपुर अस्पताल, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र दुई दर्जन हाराहारी निजी अस्पतालमा दैनिक १५० युनिट हाराहारी रगतको माग हुने गरेको बताउनुहुन्छ ।  उहाँका अनुसार यहाँ रगतको माग पूर्ति गर्न चितवनसहित छिमेकी जिल्लाबाट रगत सङ्कलन गरी ल्याइने गरिन्छ । उहाँले भन्नुभयो, "मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, नवलपरासी लगायतका जिल्ला पुगेर रक्तदान कार्यक्रम गरी रगत ल्याउने गरेका छौँ ।" केन्द्रले मनाङबाट समेत रगत ल्याएर यहाँको आ...

सरकारले असार १५ भित्र रेल सञ्चालन गर्ने तयारी

Image
जनकपुरधाम,३१ जेठ ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्वाङले असार १५ भित्र रेल सञ्चालन गर्ने तयारी पूरा गर्न निर्देशन दिएका छन् । मन्त्रालयको वार्षिक प्रगति समीक्षा कार्यक्रममा रेलवे कम्पनीलाई असार १५ भित्र रेल सञ्चालन हुने गरी कार्यतालिका बनाउन उनले निर्देशन दिएका हुन् । मन्त्री नेम्वाङले रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई नीतिगत र व्यावहारिक सबै काम सकिएकोले अब रेल सञ्चालनको बाँकी काम सक्ने कार्यतालिका बनाउन निर्देशन दिए । 'असार १५ सम्म निषेधाज्ञा खुले पनि नखुले पनि रेल सञ्चालन गर्नुपर्छ', मन्त्री नेम्वाङले भने, 'निषेधाज्ञा नखुले पनि भर्चुअल रुपमा प्रधानमन्त्रीले उद्घाटन गर्नसक्ने गरी तयारी गर्नुहोस्।' उनले वर्तमान सरकारले मरेको रेलवे कम्पनीलाई ब्युँताएको र भारतसँग सम्झौता गरेर ट्रयाक बेड निर्माण तथा लिक बनाइसकिएको बताए। रेल सञ्चालनको लागि आवश्यक सबै काम पूरा हुँदा पनि कोभिड महामारीको दोस्रो लहरले सञ्चालन गर्न नसकेको उनको भनाइ छ। 'रेल सञ्चालनका लागि आवश्यक सबै काम सरकारले गरिसकेको छ। रेल अध्यादेश जारी गरे पनि सञ्चालन गर्नसकेका छैनौँ', उनल...

एसईई : असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन

Image
काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गर्दै असार २० गतेसम्ममा सबै विद्यालयले आफ्ना विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरी पठाउने समयसीमा निर्धारण गरेको बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले जानकारी दिए । विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र समन्वय समितिले राष्ट्रिय परीक्षा बोर्डमा पठाइसक्नुपर्ने भएको छ । असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसईईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारीलगायतको काम बोर्डले गर्ने भएको छ । कुनै अवरोध नभए बोर्डले एसईईको नतिजा आगामी साउन १५ भित्र पूरा सार्वजनिक गर्न सक्ने र भदौदेखि कक्षा ११ को पढाइ शुरु गर्न सक्ने गर्ने गरी बोर्डले नतिजा प्रकाशनको तयारी गरेको जनाएको छ । बोर्डले विद्यार्थीको आन्तरिक मूल्याङ्न गर्न मुख्य विषय शिक्षक...

बारामा असार ६ गतेसम्म निषेधाज्ञा

Image
बारा, ३० जेठ– बारामा पनि जारी निषेधाज्ञा पुनः एकपटक थपिएको छ । जारी निषेधाज्ञाको अवधि फेरि थप्दै थप्दै असार ६ गते राति १२ बजेसम्मका लागि बढाइएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाराको गत जेठ २८ गते बसेको बैठक गरेको सिफारिस अनुसार यस्तो निर्णय गरिएको जारी सूचनामा उल्लेख छ । डिसिसिएमसीको निर्णय अनुसार बाराका प्रमुख जिल्ला अधिकारीबाट असार ६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको आदेश भएको छ । निषेधाज्ञा केही संशोधनसहित जारी भएको छ । निषेधाज्ञाको आदेश अनुसार बजार तथा पसल बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म खोल्न पाइने छ ।