Posts

खैरो हिरोइनसहित पक्राउ परेका वडाध्यक्षलाई छुटाउन व्यापक चलखेल

Image
६ श्रावण २०७८, बुधबार वीरगन्ज । गत आइतबार राति खैरो हिरोइन ९ब्राउन सुगर० सहित पक्राउ परेका पर्साको पकहामैनपुर गाउँपालिका वडा नंं. १ का वडाध्यक्ष सहित पक्राउ परेका ३ जनालाई जोगाउने षड्यन्त्र सुरु भएको छ । सरकारी नम्बर प्लेटको पल्सर मोटरसाइकल आफै चलाउँदै गरेको अवस्थामा उनीहरुलाई सादा पोशाकमा खटिएको प्रहरी टोलीले ७९ ग्राम खैरो हिरोइन ९ब्राउन सुगर० सहित पक्राउ गरेको थियो । उनीहरुलाई विन्दवासिनी स्थितबाट करिब रातिको साढे १० बजेको सममया पक्राउ गरेको वडाध्यक्ष लगायत तिनै जनालाई बचाउनका लागि अहिले व्यापक कसरत भइरहेको छ । नेकपा एमाले निकट पार्टीबाट निर्वाचित वडाध्यक्षलाई प्रहरी हिरासतबाट मुक्त गराउनका लागि नेकपा एमाले पार्टीका नेता कार्यकर्ता एवं पार्टी निकट पत्रकारहरु पनि लागि परेको बताइएको छ । नेकपा एमालेका नेता देखि एमाले निकट पत्रकार संघका नेताहरु अहिले जिल्ला प्रहरी कार्यालयदेखि अदालतसम्म दौडधुप गरि रहेको बताइएको छ । यहाँसम्म कि उनीलाई बचाउन लागि पार्टीका नेता कार्यकर्ता मात्र नभई नेपाल पत्रकार महासंघ पर्सा शाखाका केही पदाधिकारी पनि लागि परेका छन् । वीरगंजबाट प्रकाशित हुने विभिन्न अनलाइनदे...

पोखरीमा डुबेर एकजनाको मृत्यु

६ साउन, जनकपुरधाम । सर्लाहीमा पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । हरिपुर नगरपालिका डा नम्बर ४ हरैया निवासी ३० वर्षीय भुरकुर माझीको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार राति गाउँकै सरकारी पोखरीमा डुबेर वेपत्ता भएका मुखियाको शव बुधबार बिहान फेला परेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । वेपत्ता भएका उनलाई खोज्न पोखरीमा जाल नै हाल्नुपरेको बुढाथोकीको भनाइ छ ।

५ किलो चाँदीका गहना सहित एक पक्राउ

Image
वीरगंज, ६ साउन ।  ५ किलो चांदीको गहनासहित एकजना सुन व्यवसायीलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।  भारत, रक्सौलबाट अवैधरुपमा चांदीको गहना ल्याइरहेका ४३ वर्षीय अंगत साहलाई चेकजांच गर्दा उनले बोकेको कालो रंगको ब्यागमा ५ केजी ३३४ ग्राम चांदीका तयारी गरगहना फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सूचनाको आधारमा प्रहरी चौकी ईनर्वाको टोलीले बुधवार विहान करिब साढे ८ बजेको समयमा सीमावर्ती भारतीय बजार रक्सौलबाट वीरगंजतर्पm आइरहेका साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  सप्तरीको राजविराज उपमहानगरपालिका– २ मेघरा निवासी साह हाल चितवनको खैरेनी नगरपालिका– २ मा श्रीया ज्वेलर्स सञ्चालन गरेका साहले गहनासहित पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।   

८१ किलो गाँजासहित ट्रक चालक पक्राउ

६ साउन, काठमाडौं । मकवानपुरमा प्रहरीले ८१ किलो ३५० ग्राम गाँजासहित ट्रक चालकलाई पक्राउ गरेको छ। राक्सिराङ गाउँपालिका-४ का ४२ वर्षीय बाबुराम नेगीलाई ना८ख ८२८४ नम्बरको ट्रक र गाँजासहित बुधबार बिहान करीब ३ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले नेगीलाई मनहरी गाउँपालिका-८ सिमपानीस्थित पूर्वपश्चिम लोकमार्गबाट उनलाई नियन्त्रणमा लिएको हो । सडकमा शंकास्पद अवस्थामा रोकिराखेको ट्रकलाई चेकजाँच गर्दा पछाडि ढालामा लुकाएर राखेको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।  

स्वास्थ्यका मापदण्ड अपनाउँदै इद मनाउन प्रधानमन्त्रीको आग्रह

Image
काठमाडौँ,०६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना सन्देशमार्फत संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गरेका हुन्। कोभिड–१९ को महामारीका कारण हाम्रा सामाजिक र सांस्कृतिक धरोहरका यस्ता पर्वहरू सबैले सँगै बसेर हर्षोल्लासका साथ मनाउन कठिनाइ भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कोभिड–१९ को प्रभाव नपरोस् भनी स्वास्थ्यका मापदण्ड अपनाउँदै इद पर्वलाई सजगताका साथ मनाउन सबैमा अनुरोध गरेका छन्। प्रधानमन्त्री देउवाले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले एकता र सहकार्यको वातावारणलाई अझ मजबुत बनाउन सहयोग गरोस् भन्ने कामना गरेका छन् ।  

रेल्वे स्टेशनको पूर्वाधार सुधार गर्ने सम्बन्धमा छलफल

Image
tवीरगंज, ४ साउन ।  वीरगंज उद्योग वाणिज्य सङघका पदाधिकारीहरू र रक्सौल रेल्वे स्टेशनका अधिकारीहरू बीच भेटघाट तथा छलफल भएको छ । सोमवार संघकै सभाहलमा रेल्वे स्टेशनको पूर्वाधार सुधार गर्ने सम्बन्धमा छलफल भएको हो । सङघका अध्यक्ष सुबोधकुमार गुप्ताले पुष्पगुच्छ सहित स्वागत गर्दै रक्सौल रेल्वे स्टेशनलाई भौतिक पूर्वाधार सहितको स्टेशनको अपग्रेड गर्नुपर्ने, रेल्वे स्टेशनभित्र व्यवस्थित पार्कि·, क्यान्टिनको व्यवस्था हुनुपर्ने, रक्सौल रेल्वे क्रसि·मा ओभरब्रिजको चा"डै निर्माण हुनुपर्ने लगायतका विषयमा स्टेशनका अधिकारीहरूलाई सुझाव दिए । रक्सौल रेल्वे स्टेशनका स्टेशन मास्टर अनिलकुमार सिंहले रक्सौल रेल्वे क्रसि·मा मोटरसाइकल र पैदल यात्रीको लागि ओभरब्रिजको प्रक्रिया अगाडि बढिसकेको र चा"डै निर्माण हुने बताउ"दै ठूला सवारी साधनहरूको लागि आना माथिल्लो निकायमा पहल गरिने बताए । उनले रक्सौल रेल्वे स्टेशनमा सुलभ तरिकाले टिकटको व्यवस्थाको लागि अटोमेटिक टिकेटि· मेशिन राख्न लागिएको पनि बताए । त्यस्तै स्टेशनभित्रको भौतिक पूर्वाधारलाई सुधार गर्दै जाने, व्यवस्थित क्यान्टिन र पार्कि·को व्यवस्थाको ...

पकहामैनपुरका वडाध्यक्षसहित तीनजना ब्राउनसुगरसहित पक्राउ

Image
वीरगंज, ४ साउन ।  पर्सा जिल्लाको पकाहामैनपुर गाउँँपालिका–१ का अध्यक्ष अमेरिका सहनी, सदस्य बलिस्टर सहनी र रामआदेश सहनी ब्राउन सुगर सहित पक्राउ परेका छन । आइतवार राति दुईवटा मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  सहनीलाई आवश्यक कारबाईको लागि पोखरिया नगरपालिकाको इलाका प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीका अनुसार मोटरसाइकलको फिल्टरबाट ७९ ग्राम ब्राउनसुगर बरामद भएको छ ।