Posts

मेटामा रिब्राण्डिङ भएपछि फेसबुकले चार महिनामै गुमायाे ५९८ खर्ब 

काठमाडौं । फेसबुक स्वामित्वकाे मेटाले केही महिनादेखि लगातार घाटा बेहोरिरहेको छ । गत अक्टाेबरमा फेसबुक इंककाे नाम परिवर्तन गरी मेटा राखिएकाे थियाे । आफ्नो स्वामित्वमा रहेका सम्पूर्ण माध्यम (फेसबुक, म्यासेन्जर, इन्टाग्राम, ह्वाट्सएप) को उद्देश्य एउटै रहेकाले प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरिएकाे थियाे । तर आजसम्म मेटा नाम राख्नु फेसबुकका लागि अभिसाप जस्तै भएको छ । प्रयोगकर्ताको व्यक्तिगत जानकारी ट्र्याक गरेर सामान बेच्ने फेसबुकको व्यापार मोडललाई क्र्याम्पिङ गर्दै एप्पल र गुगलले गोपनीयता नीति परिवर्तन गरेका छन् । जसको माध्यमबाट एप्पल र गुगल प्रयोगकर्ताले मेटा ट्र्याकरलाई ब्लक गर्न सक्नेछन् । त्यसैको परिणाम स्वरूप मेटाको आम्दानीमा गिरावट आएको छ । यसबाहेक पनि कम्पनीको व्यवसाय घट्नुमा विभिन्न कारण छन् । फेसबुकका प्राय युवा प्रयाेगकर्ता छन् । टिकटकको आगमनपछि प्रयोगकर्ताले फेसबुकभन्दा टिकटकलाई प्राथमिकता दिन थाले । फेसबुकको माध्यमबाट आफ्ना मान्छेसँग डिजिटल रूपमा जोडिरहन सकिन्छ । फेसबुकको यही विशेषताले करोडौं प्रयोगकर्ता याे प्लेटफर्ममा जाेडिएका छन् । तर अहिले त्यो विशेषता भएका प्लेटफर्म...

चिप तथा डिस्प्ले निर्माता कम्पनीले भारतमा २४ खर्ब लगानी गर्ने

काठमाडौं । विश्वका विभिन्न पाँच ठूला चिप तथा डिस्प्ले निर्माण कम्पनीबाट भारतमा २० अर्ब डलर (अनुमानित २३ खर्ब ९६ अर्ब रुपैयाँ) भन्दा बढीको लगानी प्रतिबद्धता जाहेर भएको छ । भारतीय सरकारले जारी गरेको ‘इन्सेन्टिभ स्किम’ मार्फत उक्त रकम बराबरको प्रतिबद्धता आएको हो । भारतको विद्युतीय तथा सूचना प्रविधि मन्त्रालयका अनुसार प्रतिबद्धता गरेका कम्पनीहरूले भारत सरकारबाट भने कूल ८.३ अर्ब डलर (अनुमानित ९ खर्ब ९४ अर्ब रुपैयाँ) को सहयोगको अपेक्षा सहित आफ्नो प्रस्ताव राखेका छन् । कूल आवेदनमध्ये पहिलो चरणमा तीनवटा सेमिकन्डक्टर फ्याक्ट्रीको लागि प्रस्ताव छ भने दुईवटा डिस्प्ले निर्माण कम्पनीको आवेदन छ । सेमिकन्डक्टर फ्याक्ट्रीका लागि होन हाई प्रिसिजन र भारत अवस्थित भेदान्ता कम्पनीको जोइन्ट भेन्चरसँगै अर्को दुईवटा कम्पनी आईजीएसएस भेन्चर सिंगापुर र इन्डिया सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनीले प्रस्ताव बुझाएका छन् । यी कम्पनीले कूल १३.६ अर्ब डलर (१६ खर्ब २९ अर्ब रुपैयाँ) को लगानीमा सरकारको ५.६ अर्ब डलर (६ खर्ब ७१ अर्ब रुपैयाँ) को अनुदान सहितको प्रस्ताव राखेका छन् । त्यसैगरी डिस्प्ले उत्पादनतर्फ भेदान्...

कस्तो होला आईफोन १४ प्रो ?

काठमाडौं । एप्पलले आईफोन १४ को डिजाइन फाइनल गरेको छ । एप्पलका उत्पादनहरूको बारेमा भित्री जानकारी दिने ‘म्याक रिउमर्स’ का अनुसार कम्पनीको सबैभन्दा ठूलो आपूर्तिकर्ता फक्सकनले आईफोन १४ प्रोको परीक्षण उत्पादन सुरु गरिसकेको छ । रिपोर्टका अनुसार फक्सकनले आईफोन १४ को महँगा मोडेल उत्पादन गर्नेछ भने एप्पलको अर्का आपूर्तिकर्ता लक्सशेयरले आईफोन १४ कै सस्तो मोडेल उत्पादन गर्नेछ । आईफोन १४ र र १४ प्रो आईफोन ४ र ५ को पुरानो डिजाइन झल्कने गरी डिजाइन गरिएको बताइएको छ । आईफोन १४ प्रो म्याक्समा भने अन्य मोबाइल फोनमा जस्तो क्यामेराको भाग माथि उठेको हुने छैन । त्यस्तै गरी आईफोन १४ का सबै मोडेलमा नच नहुने चर्चा पनि छ । आईफोन १४ सिरिजका चार वटा फोनहरू हुनेछन्, जसमा दुईवटा ६.१ इन्च डिस्प्ले सहितको हुनेछ भने अर्को दुईवटा ६.७ इन्च डिस्प्ले सहितको हुनेछ । यो सिरिजका एप्पलले मिनि भर्सन भने नराख्ने बताइसकेको छ । यो फोनमा ४८ मेगापिक्सेलको मेन क्यामेरा उपलब्ध हुने पनि बताइएको छ । The post कस्तो होला आईफोन १४ प्रो ? appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/oOYC9Kr via IFTTT ...

जर्नलमा प्रकाशित कृतिलाई पुरस्कृत गर्दै नास्ट, ३० दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जर्नलमा प्रकाशित कृतिका लागि प्रोत्साहन पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कार तथा कृति प्रकाशन शुल्क शोधभर्नाका लागि नास्टले बुधबार आवेदन माग गरेको हो । नास्टले नेपाली वैज्ञानिक एवम् प्रविधिज्ञहरूले नेपालमै बसेर गरेका अनुसन्धान तथा आंशिक रुपमा अन्तर्राष्ट्रिय प्रयोगशालामा गरिएका अनुसन्धानमा आधारित कृति प्रकाशित गरे वापत जर्नल कृति प्रोत्साहन पुरस्कार प्रदान गर्नेछ । यसका लागि सन् २०२० र २०२१ को बीचमा प्रकाशित कृतिको फर्स्ट अथर तथा करेस्पोन्डिङ अथरले मात्र कृति र सोही अनुसार जर्नल कृति प्रकाशन शुल्क सोधभर्नाका लागि बुझाएको शुल्क सोधभर्नाका लागि ३० दिनभित्र आवेदन दिन सक्नेछन् । त्यसमा शुल्क बुझाएको सक्कल भौचर र प्रकाशित कृति संलग्न गर्नुपर्ने नास्टले जनाएको छ । पुरस्कार र शुल्क सोधभर्नाका लागि प्रकाशित कृतिको मौलिकता, उत्कृष्टता र कृति प्रकाशित जर्नलको इम्प्याक्ट फ्याक्टरको आधारमा मूल्याङ्कन गरी छनौट गरिनेछ ।  यहाँ क्लिक गरी यस विषयमा थप जानकारीका लागि ई-मेल गर्न सकिनेछ ।  The post जर्नलमा प्रकाशित कृतिलाई...

वैशाख ७ देखि राजधानीमा क्यान इन्फोटेक हुने

काठमाडौं । कोभिडका कारण पटक-पटक स्थगित हुँदै आएको सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक’ आउँदो वैशाख ७ गतेदेखि हुने भएको छ । क्यान महासंघले गर्ने यो मेला वैशाख १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । यसअघि यो कार्यक्रम २०७८ वैशाख २८ गतेदेखि आयोजना हुने तय भएको थियो । कोभिड-१९ को दोस्रो लहर सुरु भएसँगै कार्यक्रम स्थगित भएको थियो । त्यसपछि पुनः यही माघ १८ देखि २३ गतेसम्म आयोजना हुने तय भएपनि काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरमा कोरोना संक्रमण फैलिएसँगै स्थगित गरिएकाे थियाे । The post वैशाख ७ देखि राजधानीमा क्यान इन्फोटेक हुने appeared first on Tech News Nepal . from Tech News Nepal https://ift.tt/okG9etv via IFTTT

युट्युवमा अब लाइभ भिडिओ आउँदा मोबाइलमा नोटिफिकेसन बज्ने

काठमाडौं । युट्युवले क्रियटर वा स्ट्रिमरको लाइभ भिडिओ आउने बेला मोबाइल एपमा नोटिफिकेसन आउने फिचर ल्याउने भएको छ । कम्पनीका चिफ प्रडक्ट अफिसर निल मोहनले एक ट्वीट गर्दै क्रियटर र स्ट्रिमरको लाइभ हेर्न यस्तो फिचर ल्याउन लागेको जानकारी दिएका छन् । युट्युव क्रियटरको लाइभ स्ट्रिमिङकाे नाेटिफिकेसन प्रयोगकर्ताको च्यानलमा रहेको अवतार (प्रोफाइल पिक्चर) मा रिङ्ग भइरहेको देखिनेछ र अवतार क्लिक गर्नासाथ प्रयोगकर्ताले स्ट्रिमिङ लाइभ हेर्न सक्नेछन् । यसभन्दा पहिले नै टिकटक र इन्स्टाग्रामले यो फिचर ल्याइसकेका छन् । आफ्ना क्रियटरले कुन विषयमा स्ट्रिमिङ गरिरहेका छन् भनेर अपटुडेट रहन यो फिचर निकै उपयोगी हुने बताइएको छ । यसले गर्दा शेड्युलमा राखिएका वा स्ट्रिमिङ भइरहेका कुनै पनि भिडिओ नछुट्ने उल्लेख गरिएकाे छ । Really focused making it easier for users to find livestreams on @YouTube so we're rolling out the Live rings feature on mobile! @YouTubeCreators streaming live will now have a ring around the channel avatar & clicking on the avatar will take you directly to the livestream. pic.twit...

नेपाली युवाले बनाएको यस्तो सफ्टवेयर, जुन फैलिएको छ विश्वका १२० देशमा

काठमाडौं । आज हाम्रो दुनियाँ नै मोबाइल भइसक्यो । मोबाइल बिनाको दिन र समय कल्पना गर्न गाह्रो छ । अनलाइन सेवाले झन् हरेक काम मोबाइल एपबाटै गर्न सहज बनाइदिएको छ । पाकेको खानादेखि नुन, तेल र रासनसम्म, अनि लत्ता कपडादेखि कोठा, घर-जग्गा खोज्ने काम सबै अनलाइनमा हुन थालेका छन् । हामी दैनिक जीवनमा आवश्यक हुने धेरैजसो कामका लागि विभिन्न मोबाइल एपमा निर्भर हुन थालेका छाैं । त्यसैले पनि धेरैजसो व्यवसायीले आफ्नो सेवा मोबाइल एपमार्फत दिएका छन् । कतिपय एप प्रयोग गर्द तपाईं आफैंले पनि याद गर्नुभएको होला, कुन‍ै एप प्रयोग गर्न निकै सहज हुन्छ भने कुनै एप प्रयोग गर्न झन्झट हुन्छ । त्यस्तै यदि तपाईं पनि आफ्नो व्यवसायका लागि अथवा अन्य कुनै सेवाका लागि मोबाइल एप बनाउने सोचिरहनु भएको छ, तर कस्तो प्रकारको एप बनाउँदा प्रयोगकर्ताले मनपराउने छन् भन्ने विषयमा पूर्ण रुपमा जानकारी छैन भने एप प्रभावकारी हुँदैन र यसकाे घाटा  तपाईंलाई नै हुन जान्छ । यी र यस्तै प्रकारका प्रयोगकर्ताको डिजिटल प्रडक्टको अनुभवलाई डेटाको माध्यमबाट परीक्षण गर्ने ‘युएक्सक्याम’ को जन्म भएको हाे । युएक्सक्यामको पूर्ण रुप हो ‘युजर एक्सेपि...