मेटामा रिब्राण्डिङ भएपछि फेसबुकले चार महिनामै गुमायाे ५९८ खर्ब
काठमाडौं । फेसबुक स्वामित्वकाे मेटाले केही महिनादेखि लगातार घाटा बेहोरिरहेको छ । गत अक्टाेबरमा फेसबुक इंककाे नाम परिवर्तन गरी मेटा राखिएकाे थियाे । आफ्नो स्वामित्वमा रहेका सम्पूर्ण माध्यम (फेसबुक, म्यासेन्जर, इन्टाग्राम, ह्वाट्सएप) को उद्देश्य एउटै रहेकाले प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरिएकाे थियाे । तर आजसम्म मेटा नाम राख्नु फेसबुकका लागि अभिसाप जस्तै भएको छ । प्रयोगकर्ताको व्यक्तिगत जानकारी ट्र्याक गरेर सामान बेच्ने फेसबुकको व्यापार मोडललाई क्र्याम्पिङ गर्दै एप्पल र गुगलले गोपनीयता नीति परिवर्तन गरेका छन् । जसको माध्यमबाट एप्पल र गुगल प्रयोगकर्ताले मेटा ट्र्याकरलाई ब्लक गर्न सक्नेछन् । त्यसैको परिणाम स्वरूप मेटाको आम्दानीमा गिरावट आएको छ । यसबाहेक पनि कम्पनीको व्यवसाय घट्नुमा विभिन्न कारण छन् । फेसबुकका प्राय युवा प्रयाेगकर्ता छन् । टिकटकको आगमनपछि प्रयोगकर्ताले फेसबुकभन्दा टिकटकलाई प्राथमिकता दिन थाले । फेसबुकको माध्यमबाट आफ्ना मान्छेसँग डिजिटल रूपमा जोडिरहन सकिन्छ । फेसबुकको यही विशेषताले करोडौं प्रयोगकर्ता याे प्लेटफर्ममा जाेडिएका छन् । तर अहिले त्यो विशेषता भएका प्लेटफर्म...