अब ११ सय रुपैयाँमै वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट चलाउन पाइने
काठमाडाैं । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले बुधबारदेखि लागू हुनेगरि ३३ सय रुपैयाँमै २०० एमबीपीएसको तीन महिने इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । नेट टिभी प्रयोग नगर्ने ग्राहकलाई लक्षित गर्दै यो सस्तो दरको इन्टरनेट प्याकेज ल्याएको हो । ग्राहकका लागि यो प्याकेज बजारमा उपलब्ध भएकामध्ये सर्वसुलभ विकल्प भएको कम्पनीको दाबी छ । यो प्याकेज लिन चाहने ग्राहकलाई इन्टरनेट जडान, केबल र डुअल ब्यान्ड राउटर निःशुल्क गरिएको छ । केवल राउटरका लागि एक हजार रुपैयाँ डिपोजिट राख्नुपर्ने वर्ल्डलिङ्कले जनाएको छ । ‘राउटर डिपोजिट र इन्टरनेट शुल्क बाहेक ग्राहकले थप अन्य कुनै पनि शीर्षकमा शुल्क तिर्नु पर्दैन,’ कम्पनीले भनेको छ, ‘यो नयाँ प्याकेजबाट विशेषगरि नेटटिभी आवश्यक नपर्ने ग्राहक लाभान्वित हुने अपेक्षा लिएका छौँ ।’ २०० एमबीपीएसको यो नयाँ प्याकेजमा नेटटिभी बाहेकका सुविधा...