Posts

अब ११ सय रुपैयाँमै वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट चलाउन पाइने

काठमाडाैं । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले बुधबारदेखि लागू हुनेगरि ३३ सय रुपैयाँमै २०० एमबीपीएसको तीन महिने इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । नेट टिभी प्रयोग नगर्ने ग्राहकलाई लक्षित गर्दै यो सस्तो दरको इन्टरनेट प्याकेज ल्याएको हो । ग्राहकका लागि यो प्याकेज बजारमा उपलब्ध भएकामध्ये सर्वसुलभ विकल्प भएको कम्पनीको दाबी छ । यो प्याकेज लिन चाहने ग्राहकलाई इन्टरनेट जडान, केबल र डुअल ब्यान्ड राउटर निःशुल्क गरिएको छ । केवल राउटरका लागि एक हजार रुपैयाँ डिपोजिट राख्नुपर्ने वर्ल्डलिङ्कले जनाएको छ । ‘राउटर डिपोजिट र इन्टरनेट शुल्क बाहेक ग्राहकले थप अन्य कुनै पनि शीर्षकमा शुल्क तिर्नु पर्दैन,’ कम्पनीले भनेको छ, ‘यो नयाँ प्याकेजबाट विशेषगरि नेटटिभी आवश्यक नपर्ने ग्राहक लाभान्वित हुने अपेक्षा लिएका छौँ ।’ २०० एमबीपीएसको यो नयाँ प्याकेजमा नेटटिभी बाहेकका सुविधा...

‘काठमाडौंमा विद्युतीय रेल सञ्चालन गर्दैछौं’

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले राजधानीमा विद्युतीय रेल सञ्चालनमा ल्याउने गरी काम गरिरहेको बताएकी छन् । बुधबारदेखि सुरू भएको ‘नेपालमा सार्वजनिक यातायातको विद्युतीकरण रणनीति’ सम्बन्धी दुई दिने राष्ट्रिय परामर्श कार्यशालामा बोल्दै मन्त्री यादवले दीर्घकालीन रूपमा चक्रपथभित्र विद्युतीय रेल चलाउने गरी काम भइरहेको जानकारी दिइन् । रेल सञ्चालनसँगै काठमाडौंका सडकमा देखिएको सवारी चाप कम हुने उनको विश्वास छ । सरकारले सुरू गरेको पूर्व-पश्चिम रेलमार्ग विद्युतीय हुने र आगामी दिनमा यातायातमा विद्युतीय माध्यमको प्रयोग समेत बढाउने योजना सरकारले ल्याएको उनले सुनाइन् । विद्युतीय रेलको प्रयोगबाट पेट्रोलियम पदार्थको खपत कम हुनुका साथै राज्य कोषको वर्षेनि अर्बौं रुपियाँ जोगिने उनको भनाइ थियो । कार्यक्रममा बोल्दै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक सवारीसाधन मात्र नभई पेट्रोलियम पदार्थबाट चल्ने निजी सवारीसाधनलाई विद्युतीकरण गरी व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गरिन् । from Tech News Nepal https://ift.tt/3smldrL via IFTTT

एपमा स्थानीय स्वाद

काठमाडौं । नेपालमा स्मार्टफोन एपको विकास तथा प्रयोगको इतिहास धेरै पुरानो त छैन । तर १५/१६ वर्षको नेपाली एप उत्पादन तथा प्रयोग अनुभूति भने अद्भुत छ । नेपालमा फेसबुकको प्रयोग सन् २००७ मा व्यक्तिगत रुचि तथा स-साना विशेषतायुक्त केही एप बनाउने कार्य सुरु भएको देखिन्छ । त्यसपछि सन् २००७–०८ को समय नेपाली एप डेभलपरहरूले सिक्ने, प्रयोग गर्ने तथा गुगल तथा एप्पलका प्लेटफर्महरूमा स्मार्ट नेपाली एपको सपना बुन्न थालेको देखिन्छ । आजका दिनसम्म आइपुग्दा नेपाली डेभलपरहरूले नेपाली एप मात्र होइन, विश्वबजारका लागि एन्ड्रोइड तथा आईओएस प्लेटफर्ममा उपलब्ध कैंयौं ठूला तथा चुनौतीपूर्ण परियोजनामा आफ्नो कोडिङ स्तर तथा दक्षता आउटसोर्सिङमार्फत देखाइसकेका छन् । नेपाली एपमार्फत सुरुवाती दिनहरूमा विश्वभर छरिएर रहेका नेपालीहरूका लागि अत्यावश्यक जानकारीयुक्त विक्रम संवत् क्यालेन्डर, मिति कन्भर्टर, नेपाली रेडियो, राशिफल जस्ता सुविधा सार्वजनिक भइसकेका छन् । पछिल्लो समय मोबाइल प्रयोगकर्ताको दैनिकी, जीवनशैलीलाई थप सहज, थप स्मार्ट बनाउन नेपाली माटो सुहाउँदो नेपाली स्वादका सुविधा समेटिएका एप्लिकेसन एप्पलको एपस्टोर गुगलको ...

तीव्र गतिमा गुडिरहेको कारलाई प्रहार गर्नसक्ने हाइपरसोनिक मिसाइल तयार

काठमाडौं । हाइपरसोनिक मिसाइलमा चिनियाँ वैज्ञानिक नयाँ उपलब्धि नजिक पुगेका छन् । हालै बाहिरिएकाे समाचार अनुसार वैज्ञानिकहरूले प्रकाशकाे गतिभन्दा पाँच गुणा तीव्र गुडिरहेको कारलाई समेत प्रहार गर्न सकिने गरी मिसाइल तयार पारेका छन् । ‘हाम्राे मुख्य चुनाैती नै मिसाइलमार्फत प्रकाशको गतिभन्दा पाँच गुणा बढी गतिमा कुदिरहेको कुनै पनि वस्तुलाई ट्रयाक गर्ने र त्यसलाई निशाना लगाउनु हो,’ मिसाइल निर्माण समूहका प्रमुख याङ साओग्याङले भने, ‘यसमा हामीले निकै ठूलो सफलता हात पारेका छौं ।’ उनीहरूको समूहले जारी गरेको एक रिपाेर्टअनुसार यो मिसाइलमा नयाँ खालको ट्रयाकिङ सिस्टम जडान गरिएकाे छ, जसमार्फत लामो दूरीबाट कुदिरहेको वस्तुलाई निशाना लगाउन सकिन्छ । यसका लागि मिसाइलमा मोसन सेन्सरको समेत प्रयोग हुने जनाइएको छ । वैज्ञानिकका अनुसार यो परियोजनाको सफलता यसको विकास र परीक्षण पश्चातमात्रै निर्धारण हुनेछ । किनभने यसको विकास र परीक्षणका लागि ठूलो लगानी र विभिन्न हार्डवेयर मोडिफिकेसनमा काम गर्नुपर्ने हुन्छ । तर, पनि याङ र उनको समूहले सन् २०२५ भित्र हाइपरसोनिक हतियारको लाइनअप तयार हुने बताएका छन् । from Tech Ne...

सामाजिक सञ्जालमा फेक प्रोफाइल पत्ता लगाउने एप

काठमाडौं । सामाजिक सञ्जालमा फेक प्रोफाइल पत्ता लगाउने र त्यसलाई सहजै हटाउन मद्दत गर्ने मोबाइल एप सार्वजनिक भएको छ । ‘सीपीएनआई: दि थिंक बिफोर यु लिंक’ नामक एपले विभिन्न विशेषताका आधारमा प्रोफाइलको मापन गरी उक्त प्रोफाइल फेक भए/नभएको जानकारी दिन्छ । बेलायतको सेन्टर फर प्रोटेक्सन अफ नेसनल इन्फ्राइस्ट्रक्चरका अनुसार यो एपले यदि कुनै प्रोफाइल यसअघि कुनै अनैतिक क्रियाकलापमा संलग्न भए/नभएको समेत जानकारी दिनेछ । अघिल्लो वर्षमात्र बेलायतमा १० हजार मानिसलाई लिंक्डइन फेक अकाउन्टबाट रिक्वेस्ट आएको थियो, जसको उद्देश्य प्रयोगकर्ताबाट गोप्य जानकारी संकलन गर्नु थियो । हरेक वर्ष यस्ता खालका क्रियाकलाप बढेकाे भन्दै बेलायतकाे सरकारी निकायकाे अग्रसरतामा याे एप सार्वजनिक गरिएको हो । याे एपमा ‘प्रोफाइल रिभ्युअर’ फिचर उपलब्ध गराइएको छ, जसले प्रयोगकर्तालाई लिंकडिन, फेसबुक, ट्वीटर र इन्स्टाग्राममा फेक प्रोफाइल पत्ता लगाई उक्त प्रोफाइलविरुद्ध रिपोर्ट गर्न सक्ने सुविधा दिएकाे छ । from Tech News Nepal https://ift.tt/HgYbS4O via IFTTT

ह्वावेले ल्यायो फोरजी फोनलाई स्वतः फाइभजी बनाउने कभर

काठमाडौं । अमेरिकी प्रतिबन्धका कारण ह्वावेले फाइभजी स्मार्टफाेन उत्पादन गर्न सकेको छैन । ह्वावेलाई आफ्ना कुनै पनि कम्पनीले सामान बिक्री गर्न नपाउने गरी अमेरिकी सरकारले रोक लगाएको छ । जसका कारण ह्वावेले फाइभजी सपोर्ट गर्ने चिप प्रयोग गर्न पाएको छैन । कम्पनीले हालसम्म क्वालकमसँगको पुरानो सम्झौताका आधारमा फोरजीका लागि आवश्यक चिपसेट खरिद गरिरहेको छ । त्यसैका आधारमा फोरजी स्मार्टफोन बजारमा उपलब्ध गराउँदै आएको छ । यस्तोमा फाइभजी विस्तारमा सबैभन्दा अघि रहेको चीनमै ह्वावेलाई अन्य कम्पनीसँग प्रतिस्पर्धा गर्न कठिन हुँदै गएको छ । फाइभजीको बढ्दो प्रयोग र नयाँ प्रविधिका मागलाई ध्यानमा राख्दै कम्पनीले आफ्ना प्रयोगकर्ताका लागि वैकल्पिक उपाय भने उपलब्ध गराएको छ । कम्पनीले आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै मोबाइल कभर सार्वजनिक गरेको छ । फाइभजी मोडेमउक्त मोबाइल कभरको सहयोगमा प्रयोगकर्ताले सहजै आफ्नो मोबाइलमा फाइभजीको मज्जा लिन सक्नेछन् । हालसम्म यो सुविधा ह्वावे पी५० प्रोमा मात्रै उपलब्ध छ । विस्तारै ह्वावे मेट ५०, मेट ४०, नोभा ९ र नोभा १० सिरिजका फाेनमा समेत उपलब्ध हुनेछ । कम्पनीका अनुसार फाइभजी ...

गुगल सर्चमा आफ्नो जानकारी भेट्नुभयो ? यसरी हटाउनुहोस्

काठमाडौं । इन्टरनेटमा हाम्रा जानकारी जताततै छरिएका छन् । त्यो हुँदा गुगल सर्च गर्दा यस्ता जानकारी देखिनु स्वाभाविक नै हो । यस्तोमा गुगलले सर्चमा देखिने प्रयोगकर्ताको कतिपय जानकारी हटाउन सकिने सुविधा उपलब्ध गराएको छ । कम्पनीले गएको अप्रिलमा रिक्वेस्ट गरेर कस्ता–कस्ता जानकारी हटाउन सकिन्छ भन्ने विषय उल्लेख गरेकाे छ, जसमा प्रयोगकर्ताको फोन नम्बर, लोकेसन लगायतका महत्त्वपूर्ण विषय छन् । ‘कुनै पनि प्रयोगकर्ताको व्यक्तिगत जानकारीलाई लिएर त्यसलाई गलत रुपमा प्रयोग हुनसक्छ । यतिसम्म कि कसैलाई भाैतिक रुपमा पनि असर पार्न सक्छ,’ गुगलका ग्लोबल पोलिसीका प्रमुख माइकल च्याङले ब्लगमा लेखेका छन्, ‘त्यसैका आधारमा यहाँ हामी तपाईंलाई गुगल सर्चबाट तपाईंका कस्ता–कस्ता जानकारी हटाउन सकिन्छ र हटाउने कसरी भन्ने विषयमा जानकारी दिँदैछौ ।’  गुगल सर्चबाट तपाईंका कस्ता जानकारी हटाउन सकिन्छ ? गुगलले कुनै महत्त्वपूर्ण अवस्थामामात्रै तपाईंले आफ्नो जानकारी हटाउन दिएको आग्रहलाई आत्मसात गर्छ । यसको अर्थ बिना कुनै कारण गुगलले तपाईंको जानकारी हटाउँदैन । गुगलका अनुसार प्रयोगकर्ताले निवेदन दिएको खण्डमा यी विषयलाई हटाउ...