Posts

भारतका १३ सहरबाट सुरु हुँदै फाइभजी

काठमाडौं । भारतमा चाँडै फाइभजी सेवा सुरु हुने अनुमान गरिएको छ । सरकारले बोलकबोलमार्फत फाइभजी फ्रिक्वेन्सी उपलब्ध गराएसँगै भारतका दुई ठूला दूरसञ्चार कम्पनी रिलायन्स जियो र एयरटेल फाइभजीको व्यवसायीक सुरुवातका लागि तयार भएका छन् । एयरटेलले यसअघि नै अगस्टबाटै फाइभजी सेवा सुरु गर्ने जनाएको थियो । यस्तोमा सबैभन्दा बढी फ्रिक्वेन्सी हात पारेको अर्को दूरसञ्चार सेवा प्रदायक रिलायन्स जियो पनि सोही अनुरूप आफ्नो तयारी गरिरहेको जनाइएको छ । यही महिनाको सुरुवातमा ७००, ९००, १८००, २४००, २१०० मेगाहर्ज ब्याण्डमा कुल ७२ गिगाहर्ज फ्रिक्वेन्सी अक्सनमा राखिएको थियो । त्यसमध्ये जिओले कुल २४ हजार ७४० मेगाहर्ज, एयरटेलले १९ हजार ८६७.८ मेगाहर्ज, भोडाफोन इन्डियाले ६ हजार २२८.४ र अदानी इन्टरप्राइजेजले ४०० मेगाहर्ज  फ्रिक्वेन्सी हात पारेका थियो । एयरटेलले पाँच अर्ब ४० करोड डलर र भोडाफोनले दुई अर्ब ४० करोड डलर मूल्य बराबरको फ्रिक्वेन्सी हात पारेका छन् । यस्तै, अदानी डाटा नेटवर्कस्ले जम्मा दुई करोड ७० लाख डलरको फ्रिक्वेन्सी खरिद गरेको छ । यस्तोमा अब फाइभजीको सुरुवात भारतको कुन सहरबाट हुनेछ भन्ने कुरा धेरैका लाग...

भदौ २२ मा सार्वजनिक हुँदै आइफोन १४

काठमाडौं । आउँदो सेप्टेम्बर ७ तारिख अर्थात यही भदाै २२ गते बुधबारका दिन एप्पलले आईफोन १४ सिरिज अन्तर्गतका स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले एप्पलको लोगो सहितको भिडियो सार्वजनिक गर्दै सेप्टेम्बर ७ मा ‘एप्पल इभेन्ट’ आयोजना हुने जानकारी दिएको हो । यसअघिसम्म विभिन्न सञ्चार माध्यमले आईफोन सार्वजनिक हुने मितिको विषयमा विभिन्न आँकलन लगाउँदै आएका थिए । अन्ततः कम्पनीले सेप्टेम्बर ७ मै आईफोन १४ सिरिजमा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने जानकारी दिएको हो । आईफोन सिरिज एप्पलको सबैभन्दा उत्कृष्ट प्रोडक्टको रुपमा लिइन्छ । यो सिरिजका फोन कम्पनीकै सबैभन्दा बढी बिक्री हुने डिभाइसमा पर्छ । त्यो हुँदापनि नयाँ आउने आईफोन १४ कस्तो हुनेछ र त्यसमा के–कस्ता फिचर उपलब्ध हुनेछन् भन्ने विषय धेरैलाई चासो छ । कम्पनीले कार्यक्रमको विषयमा जानकारी दिएको भएपनि उक्त दिन कुन–कुन डिभाइस सार्वजनिक हुनेछ भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन् । तर, पनि आईफोन १४ सिरिजमा तीन ओटा स्मार्टफोन, म्याक, लो–इन्ड तथा हाई–इन्ड आईप्याड र तीन ओटा एप्पल वाच मोडल सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । from Tech News Nepal ...

जीमेल अकाउन्ट ह्याक गरी प्रयोगकर्ताका ईमेल पढ्दै इरानी ह्याकर

काठमाडौं । इरानी सरकारद्धारा संरक्षित एक ह्याकरकाे समूहले जीमेलसहित याहू र आउटलुकमा आएका ईमेल स्वतः डाउनलोड गरी पढिरहेको पाइएको छ । गुगलको थ्रेट एनालिसिस ग्रुप (टीएजी)ले हालै प्रकाशित गरेको एक प्रतिवेदनअनुसार इरानको चार्मिङ किटन (आकर्षक बिरालो)को नामबाट परिचित ह्याकर समूहले यसरी मेल इनबक्समा आउने सामग्रीमाथि अनधिकृत पहुँच पुर्‍याई डाउनलोड गरिरहेको तथ्य ल्याएको हो । अनुसन्धान प्रतिवेदनअनुसार ती ह्याकरसँग हाइपस्क्रेप (hyperscrape) नामक ह्याकिङ टुल छ, जसबाट जीमेलसहित याहू र माइक्रोसफ्ट आउटलुक ३६५ अकाउन्ट प्रयोगकर्ताहरूको डेटा चोरी भइरहेको छ । दुई दर्जनभन्दा बढी जीमेल अकाउन्टमा यस्तो टुल प्रयोग भएको पाइएपछि प्रयोगकर्तालाई नोटिफिकेसन पठाई अकाउन्ट सुरक्षित गरिएको पनि गुगलले जानकारी दिएको छ । हाइपरस्क्र्याप टुल पहिलो पटक डिसेम्बर २०२१ मा गुगलको थ्रेट एनालिसिस ग्रुपका अनुसन्धानकर्ताले पत्ता लगाएका थिए । यो टुलले पुरानो वा आउटडेट भएका वेब ब्राउजरमा स्पुफिङ विधि प्रयोग गर्छ, जसले एचटीएमएल भ्यु मा मेल इनबक्सहरूलाई डाउनलोड गर्न अनुमति दिन्छ । यसपछि कम्प्रोमाइज्ड अर्थात् पहुँचमा लिइएका मेल इनब...

सेकेन्ड ह्यान्ड फोन किन्दै हुनुहुन्छ ? यो एप डाउनलोड गरेर हेर्नुहोस्

काठमाडौं । सेकेन्ड ह्यान्ड फोन खरिद गर्दा मूल्य कम त हुने नै भयो । तर, त्यसमा अरू केही कुरा कमी भएको हुनसक्छ । यसकारण फोन खरिद गर्दा यसको अवस्थाबारे जान्न निकै आवश्यक हुन्छ । हामीले खरिद गरेको सेकेन्ड ह्यान्ड स्मार्टफोनलाई आफूले चाहेजसरी प्रयोग गर्न सकिएन भने फोन खरिद गर्नु बेर्थ हुन्छ । त्यसैले फोन कस्तो अवस्थामा छ भन्ने कुराको जानकारी लिएरमात्रै निर्णय लिनु उत्तम हुन्छ । एन्ड्राेइड फाेन किन्दै हुनुहुन्छ भने सबैभन्दा पहिले यहाँ क्लिक गरेर ‘फोन इन्फो’ एप डाउनलोड गर्नुहाेस् । याे एपबाट फोनसम्बन्धी विभिन्न कुराको जानकारी लिन सकिन्छ । एपमा रहेको ओभरभ्यू सेक्सनमा फोनको नाम, निर्माता, फोनको मोडेल, त्यसमा प्रयोग भएको जीपीयूको, डिस्प्ले, ब्याट्री, र्‍याम, इन्टर्नल स्टोरेज, क्यामेरा लगायतकाे जानकारी पाउन सकिन्छ । त्यसैगरी डिस्प्ले र र्‍याम सेक्सनमा रियल टाइममा कति र्‍याम र इन्टर्नल स्टोरेज खपत भइरहेको छ भन्ने कुराको जानकारी पाउन सकिन्छ । ब्याट्री सेक्सनमा ब्याट्रीको अवस्था, ब्याट्रीको प्रविधि, त्यसको भोल्टेज, त्यसको क्षमता, त्यसको हेल्थ स्टाटस आदि थाहा पाउन सकिन्छ । यसमा सबैभन्दा महत्त...

मोको डिजिटल वालेटमा एभरेष्ट बैंकको डेबिट/क्रेडिट कार्ड लिंक गरी भुक्तानी गर्न सकिने

काठमाडौं । फोकसवान पेमेन्ट सोलुसन्स प्रालिले सञ्चालनमा ल्याएकाे मोको डिजिटल वालेट र एभरेष्ट बैंक लिमिटेडबीच भिसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकले आफ्नो डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गरी ती कार्डहरुबाट विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । प्रयोगकर्ताले मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाका लागि वालेट प्रयोग गर्न सक्नेछन् । यसैगरी बैंकका ग्राहकले मोकोमार्फत स्क्यान टु पे (Scan to Pay) माध्यमबाट समेत रकम भुक्तानी समेत गर्न सकिनेछ । from Tech News Nepal https://ift.tt/tQZ8Vda via IFTTT

प्रयोगकर्ताको लोकसेन ट्र्याक गरेको घटनामा ५ अर्ब जरिबाना तिर्न फेसबुक तयार

काठमाडौं । प्रयोगकर्ताको अनुमति बिनै उनीहरुको गतिविधि पछ्याएको आरोपमा फेसबुकको मुख्य कम्पनी मेटा विरुद्ध परेको मुद्दामा कम्पनी पैसा तिर्न सहमत भएको छ । अमेरिकाको सान फ्रान्सिस्कोस्थित संघीय अदालतमा दायर भएको मुद्दामा दुवै पक्षबीच ३७.५ मिलियन डलर अर्थात् चार अर्ब ७७ करोड रूपैयाँभन्दा बढी रकम तिर्नेगरी सहमति भएको जनाइएको छ । यसअघि फेसबुकले लोकेसन अफ गरेको अवस्थामा समेत प्रयोगकर्तालाई ट्रयाक गरेर क्यालिफोर्नियाको कानून तथा फेसबुक आफैंले आफ्नो गाेपनीयता नीति उल्लंघन गरेको आरोपमा मुद्दा दर्ता भएको थियो । दुई पक्षबीच रकम भुक्तानी गरी मुद्दा सकाउने गरी सहमति भएको हो । तर यसलाई अदालतले स्वीकृति प्रदान दिइसकेको छैन् । सहमतिको जानकारी गएको सोमाबारमात्रै अदालतलाई गराइएको छ । उक्त जानकारीका आधारमा अदालतले फैसला गर्ने जनाइएको छ । फेसबुकले यसरी प्रयोगकर्ताको लोकेसन ट्रयाक गरेको आरोप खेपेको यो पहिलो घटना भने होइन । यसअघि पनि लोकेसन ट्रयाकिङको विषयमा धेरै पटक मुद्दा दायर भएका थिए । भने, फेसबुकले पनि पटक-पटक जरिबानी तिर्दै आएको छ । तर, पनि लोकेसन ट्राकिङका घटना रोकिएका छैनन् । त्यो हुँदा अदालतले...

अब प्रयोगकर्ता आफैंले एप्पलको म्याकबुक मर्मत गर्न सक्ने

काठमाडौं । अब प्रयोगकर्ता आफैंले म्याकबुक मर्मत गर्नसक्ने भएका छन् । यसअघि प्रयोगकर्तालाई आईफोन मर्मत गर्न दिएककाे एप्पलले म्याकबुकमा पनि सोही व्यवस्था लागू गरेको हो । योसँगै प्रयोगकर्ताले आफूले प्रयोग गरिरहेको म्याकबुक बिग्रिएको खण्डमा आफैंले मर्मत गर्न सक्नेछन् । तर, यसका लागि तपाईंसँग डिभाइस मर्मत गर्नसक्ने सीप भने चाहिन्छ । यदि सीप नभएको खण्डमा कुनै पनि डिभाइस आफैंले मर्मत गर्दा हुनसक्ने नोक्सानी आफैंले ब्यहोर्नुपर्ने कम्पनीले जनाएकाे छ । एप्पलका अनुसार हालका लागि ‘सेल्फ रिपेयर’ कार्यक्रम ‘एम१ म्याकबुक एयर’ र ‘म्याकबुक प्रो’का तीन ओटा मोडलका लागि मात्रै लागू गरिएको छ । त्यसका लागि कम्पनीले आवश्यक टुलबक्स समेत उपलब्ध गराउन थालेको छ, जसको मूल्य ४९ डलर तोकिएको  छ । उक्त टुलबक्सको सहायताले अडियो बोर्ड, ब्याट्री, बटम केस, की क्याप्स, लजिक बोर्ड, टच आईडी बोर्ड लगायतका अन्य पार्ट प्रयोगकर्ता आफैंले परिवर्तन गर्न सक्नेछन् । पहिलो चरणमा अमेरिकाबाट सुरु भएको यो कार्यक्रम विस्तारै अन्य देशमा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । from Tech News Nepal https://ift.tt/cimCWVn via IFT...