भारतका १३ सहरबाट सुरु हुँदै फाइभजी
काठमाडौं । भारतमा चाँडै फाइभजी सेवा सुरु हुने अनुमान गरिएको छ । सरकारले बोलकबोलमार्फत फाइभजी फ्रिक्वेन्सी उपलब्ध गराएसँगै भारतका दुई ठूला दूरसञ्चार कम्पनी रिलायन्स जियो र एयरटेल फाइभजीको व्यवसायीक सुरुवातका लागि तयार भएका छन् । एयरटेलले यसअघि नै अगस्टबाटै फाइभजी सेवा सुरु गर्ने जनाएको थियो । यस्तोमा सबैभन्दा बढी फ्रिक्वेन्सी हात पारेको अर्को दूरसञ्चार सेवा प्रदायक रिलायन्स जियो पनि सोही अनुरूप आफ्नो तयारी गरिरहेको जनाइएको छ । यही महिनाको सुरुवातमा ७००, ९००, १८००, २४००, २१०० मेगाहर्ज ब्याण्डमा कुल ७२ गिगाहर्ज फ्रिक्वेन्सी अक्सनमा राखिएको थियो । त्यसमध्ये जिओले कुल २४ हजार ७४० मेगाहर्ज, एयरटेलले १९ हजार ८६७.८ मेगाहर्ज, भोडाफोन इन्डियाले ६ हजार २२८.४ र अदानी इन्टरप्राइजेजले ४०० मेगाहर्ज फ्रिक्वेन्सी हात पारेका थियो । एयरटेलले पाँच अर्ब ४० करोड डलर र भोडाफोनले दुई अर्ब ४० करोड डलर मूल्य बराबरको फ्रिक्वेन्सी हात पारेका छन् । यस्तै, अदानी डाटा नेटवर्कस्ले जम्मा दुई करोड ७० लाख डलरको फ्रिक्वेन्सी खरिद गरेको छ । यस्तोमा अब फाइभजीको सुरुवात भारतको कुन सहरबाट हुनेछ भन्ने कुरा धेरैका लाग...