Posts

वीरगंज–२६ का आँखा बिरामीको निःशुल्क अपरेशन, कम्बल वितरण

Image
वीरगंज, १८ माघ । वीरगंज महानगरपालिका वडा नं. २६ सुगौलीका वडाअध्यक्ष  शम्भु मिश्रको पहलमा आँखाको बिरामी भएका वडावासीको निःशुल्क आँखा परीक्ष्Fण तथा अपरेशन गरिएको छ। बुधवार वीरगंजको आइ फाउन्डेशनमा वडावासीका आँखा बिरामीह?को निःशुल्क अपरेशन गरिएको वडाध्यक्ष शम्भु मिश्रले जानकारी गराएका छन् । अपरेशन भएपछि वडावासीलाई उनले खाना समेत खुवाएका थिए । साथै वडाध्यक्ष शम्भु मिश्रले आंखाको अपरेशन भएका वडावासीलाई न्यानो कम्बल पनि वितरण गरेका थिए ।   आइवार वीरगंज महानगरपालिका–२६ सुगौलीमा निःशुल्क आँखा चेकजांच शिविर आयोजना गरिएको थियो । सो शिविरमा मोतियाबिन्दु भेटिएका बिरामीह?को आज माट्रिका आइ फाउन्डेशनमा निःशुल्क अपरेशन गरिएको समाजसेवी ओमप्रकाश यादबले जानकारी गराएका छन् । 

भारतमा दुई नेपालीको अपहरणपछि हत्या

Image
महेन्द्रनगर (धनुषा), ८ माघ  धनुषाको जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो । दुवैजना गत पुस २७ गतेदेखि बेपत्ता थिए । सम्पर्कविहीन भएका उनीहरु एउटै परिवारका हुन । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने एक नातेदारको घर गएका थिए । गत सोमबार विष्णुका परिवारलाई भारतीय नम्बरबाट अपहरणकारीले रु ५० लाख रकम माग गरेका थिए । विष्णुको परिवार अपहरणकारीलाई रु २० लाख दिन सहमत भएको उनको परिवारका एक सदस्यले बताए । अपहरणकारीले रु २० लाख लिएर सर्लाहीको मलङ्गवा नजिक नेपाल–भारत सीमा क्षेत्रमा बोलाएका थिए । यसबारे विष्णुको परिवारले प्रहरीलाई जानकारी गराएको थियो । "हामीले यसबारे भारतीय प्रहरीलाई खबर ग¥यौँ", धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले भन्नुभयो– "भारतीय प्रहरीले दुई शव भेटेपछि आज हामीलाई खबर गरेको हो ।" भारत बिहारको सीतामढीमा खाडलमा गाडिएको अवस्थामा दुवै जनाको शव फेला पर...

साढे २२ लाख रुपैयाँसहित दुईजना पक्राउ

Image
वीरगंज, ४ माघ । जिल्ला प्रहरी कार्यालय, पर्साले हुण्डी कारोबार गरेको आरोपमा दुईजनालाई साढे २२ लाखसहित पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा वीरगञ्ज म.न.पा. वडा नं. १६ नगवा बस्ने वर्ष ३४ को बिकाश साह र जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं. १८ ईनर्वा मनियारी बस्ने वर्ष १९ को सुवास कुमार साह रहेको प्रहरीले जनाएको छ । २०७९ पुस ३ गते दिउँसो २ः३० बजे अस्थायी प्रहरी पोस्ट घण्टाघरको चेकिङ टोलीले बिआर०५एइ ९३४३ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा स्कुटर पछाडी बस्ने सुवास कुमार साहले बोकेको झोलाबाट बाईस लाख पचास हजार भेटिएको जिप्रका, पर्साले जनाएको छ । उनले रुपियाँहरूको  श्रोत खुलाउन नसकेको हुँदा सुवाससँगै स्कुटी चालक विकाश कुमार साहलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । 

बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

Image
वीरगञ्ज  २ माघ । बारामा मोटरसाईकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सिम्रौनगढ नगरपालिका-१ बैरिया बस्ने २३ वर्षीय कासिम अन्सारी र २२ वर्षीय तहिद अन्सारीको मृत्यु भएको हो । उनीहरु दुवै जनाको शव खोजतलासको क्रममा थलही खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । दुर्घटनामा बैरियाकै २२ वर्षीय गुड्डु अंसारी सामान्य घाईते छन् । शरीरमा समान्य चोट मात्रै रहेकोले उनी घरमा नै आराम गरिरहेको प्रहरीले जनाएको छ । उनीहरु तीनै जना एउटै मोटरसाईकलमा सवार थिए । आइतबार राति ९ बजे महागढीमाई नगरपालिका–९ थलही पुलमा गढीमाईबाट श्रीनगरतर्फ जाँदै गरेको ना.२६ प.२२९५ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई पुल मुनी खसेको थियो । मोटरसाईकलमा तीन जना सवार थिए । दुर्घटनामा परी घाईते भएका गुड्डुले नै घरमा आफन्तलाई मोटरसाईकल दुर्घटना भएको जानकारी गराएका थिए । दुर्घटनाको बारेमा सोमबार बिहान २ बजे मात्रै खबर पाएको प्रहरीले जनाएको छ । प्रहरी टोली पुग्दा मोटरसाईकल थलही खोलामा नै भेटिएको थियो । कासिम र ताही भेटिएका थिएनन् । खोजतलासको क्रम...

निस्सासिएर पर्सामा दुईजना भारतीयको मृत्यु

Image
वीरगंज, २७ पुस । जिल्ला प्रहरी कार्यालय, पर्साले पर्सा जिल्लामा निसासिएर २ जना भारतीय नागरिकको मृत्यु भएको जनाएको छ । आज बिहान १० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. २२ जगरनाथपुर त्रिपती ट्रेडिङ एण्ड सप्लार्यस कोइला डिपोमा निस्सासिएर भारत बिहार राज्य मोतिहारी जिल्ला थाना रक्सौल कौवा ठेगर वडा नं. ७ बस्ने वर्ष २९ को पबित्र गिरी र  भारत बस्ने  सोही डिपोको म्यानेजर वर्ष ३० को मिथलेश यादवको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । त्रिपती ट्रेडिङ एण्ड सप्लायर्स (कोईला डिपो) को रेखदेख गर्ने उनीहरु डिपोको एकतले पक्की भवनको आल्मुनियमको झ्याल ढोका भएको कोठा भित्र झ्याल ढोका बन्द गरी सुतेकोमा बिहान १०ः०० बजेसम्म उनीहरु नउठ्दा स्थानीय र प्रहरी समेतको टोली पुगी ढोका फोडेर भित्र प्रवेश गरी हेर्दा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा तगारमा पत्थर कोइला वालेर झ्याल ढोका बन्द गरी सुतेकोमा अक्सिजनको कमी भई निसास्सिएर मृत्यु भएको प्रारम्भीक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । मृतकको शव नारायणी अस्पतालमा राखी अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज यादव नियुक्त

Image
जनकपुरधाम, २७ पुस । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता सरोज यादव नियुक्त भएका छन् । ् केन्द्रमा रहेको सत्ता समीकरण अनुसार यादवले ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गरेपछि उनले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । १०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेश सभा सदस्यको आवश्यक पर्छ । निवर्तमान सभामुखसमेत रहेका यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एकरएक तथा स्वतन्त्र प्रदेश सभा सदस्यहरूसहित ६३ प्रदेश सांसदको समर्थन छ ।

६३ सांसदको बहुमतसहित मुख्यमन्त्रीमा यादवले गरे दाबी पेश

Image
जनकपुरधाम – जनता समाजवादी पार्टी(जसपा)का संसदीय दलका नेता सरोजकुमार यादवले ६३ सांसदको बहुमतसहित मधेस प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका छन्। बुधबार जसपासहित नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र दुई स्वतन्त्र सांसदको सहयोगमा यादवले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। १०७ जना प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, माओवादी केन्द्र ७, लोकतान्त्रिक समाजवादी ९, नेकपा एसका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १/१ र ५ जना स्वतन्त्र सांसद छन्। माओवादी केन्द्रका दुई समानुपातिक सिटको सम्बन्धमा सर्वोच्चमा मुद्दा रहेकाले अहिले दुई पदमा निर्वाचित घोषणा गरिएको छैन।