Posts

मेटाभर्सका लागि विश्वकै शक्तिशाली सुपर कम्प्युटर बनाउँदै मेटा

काठमाडौं । मेटाले विश्वकै सबैभन्दा छिटो चल्नसक्ने एआई सुपर कम्प्युटर ल्याउने भएको छ । मेटाकाे भर्चुअल वर्ल्ड निर्माण योजना ‘मेटाभर्स’ को एउटा हिस्साका रूपमा याे सुपर कम्प्युटर विकास गरिन लागेकाे मेटा/फेसबुकका संस्थापक मार्क जुकरबर्गले बताएका छन् । मेटाभर्सको अवधारणा अनुसार भौतिक र डिजिटल संसारलाई भर्चुअल रियालिटी र अगुमेन्टेड रियालिटीमार्फत मिश्रण गर्न उत्कृष्ट एवं शक्तिशाली कम्प्युटिङ पावर चाहिन्छ । एआई सुपर कम्प्युटर, जुकरबर्गको मेटाद्वारा ‘एआई रिसर्च सुपरक्लस्टर’ (आरएससी) डब गरिएको छ । जुन अहिले पनि विश्वका छिटो सुपर कम्युटरको पाचौँ स्थानमा छ । जुकरबर्ग भन्छन्, ‘हामीले मेटाभर्सका लागि निर्माण गरिरहेकाे परियाेजनालाई ठूलो कम्प्युटिङ पावर चाहिन्छ । आरएससीले खरबौं उदाहरणबाट सिक्नसक्ने, सयौं भाषा बुझ्नसक्ने लगायतका कामलाई नयाँ एआई मोडेल सक्रिय गर्नेछ ।’ साथै आरएससीको मोडेल चाँडै नै तयार हुने बताइएकाे छ । हजारौं प्रोसेसरबाट बन्ने आरएससीले यसको प्लेटफर्ममा हानिकारक सामग्रीको सजिलै संकेत गर्ने पनि अनुसन्धानकर्ताको दाबी छ । यद्यपि मेटाभर्सको सम्पूर्ण सिस्टम तयार हुन भने अझै धेरै समय लाग्...

बसको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

जनकपुर,११ माघ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ चारनाथ पुलमा गएराती बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । स्थानीय ६५ वर्षीय राजेन्द्र प्रसाद जैसवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । ना ७ ख ७४ ४३ नम्बरको बसले पैदल हिडिरहेका उनलाई गएराती साढे १० बजे ठक्कर दिएको हो । बस सहित चालकलाई प्रहरी चौकी पोर्ताहाले नियन्त्रणमा लिएको छ ।

रथले किचेर दुई जनाको मृत्यु

वीरगञ्ज । बाराको आदर्शकोतवाल गाउँपालिकामा दुलाहा-दुलही बोक्ने रथले किचेर दुई जनाको मृत्यु भएको छ । आदर्शकोतवाल गाउँपालिका-३ बत्रा बस्ने २५ वर्षीया बालकुमारी देवी राम र १६ वर्षीया निलम कुमारी रामको मृत्यु भएको वडा अध्यक्ष धर्मेन्द्र यादवले जानकारी दिए । रथ अचानक तीव्र गतिमा कुदेको र अगाडी रहेका मानिसहरुलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष यादवले बताए । स्थानीय लक्ष्मण महरा चमारको विवाहका लागि तयार गरिएको रथ अचानक अनियन्त्रित भई किच्दा अन्य १२ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भिर छ । घाइतेहरुलाई उपचारका लागि कलैया अस्पतालमा पठाइएको छ । बाराकै करैयामाई गाउँपालिका जन्ती जाने तयारी भइरहेको थियो । आदर्शकोतवाल गाउँपालिकामा रथले किचेर मानिसहरु हताहती भएको र उद्दार गरेर अस्पताल ल्याउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । 

बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

Image
 ११ माघ, पर्सा । १५ वर्षीया बालिकालाई पटक-पटक बलात्‍कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले एक युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानरगरपालिका-का २० वर्षीय भनु यादव भन्ने मुन्नाप्रसाद यालवले डरत्रास देखाई पीडित बालिकालाई पटक-पटक बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पीडित बालिकाको अभिभावकले दिएको उजुरीको आधारमा मुन्नालाई सोमबार पक्राउ गरी यसबारे थप अनुसन्धान भइरहेको छ । 

ई-सेवा १४ औँ वर्षमा, यसरी बन्यो देशकै ‘नम्बर वान’ डिजिटल वालेट

काठमाडौं । ई-सेवाको मोबाइल एपमार्फत सहज रुपमा पैसा पठाइरहेका हाम्रा लागि कम्पनीको पहिलो भर्सनबारे त्यति जानकारी नहुन सक्छ । आज मोबाइल एपमा ई-सेवा चलाउनेलाई यसको सुरुवात कम्प्युटर भर्सनबाट भएको थियो भन्दा अचम्म लाग्न सक्छ । सन् २००९ मा ई-सेवाको बेटा भर्जन डेक्स्टप कम्प्युटरबाट मात्र चलाउन सकिन्थ्यो । सुरुवाती समयमा बजारमा रिचार्ज कार्ड सहजै नपाइने अवस्था थियो । नेपाल टेलिकम पनि इलेक्ट्रोनिक्स रिचार्जमा गइसकेको थिएन । ई-सेवाले टेलिकमबाट रिचार्ज कार्ड ल्याएर पिन नम्बर हातले कोट्याएर आफ्नो सिस्टममा राखेर बेच्ने गर्दथ्यो । नेपाल टेलिकमले इलेक्ट्रोनिक्स रिचार्ज सिस्टम बनाएपछि भने तरिका फेरियो ।   सुरुमा रिचार्ज कार्ड घोटेर सिस्टममा पिन राख्नकै लागि कम्पनीले दर्जनौ कर्मचारी राख्नुपरेको थियो । तर अहिले अत्याधुनिक प्रविधिले रियल टाइममै टपअप तथा बिल भुक्तानी गर्न सकिने भएको छ । बुद्ध एयर ई-सेवाको पहिलो आधिकारिक मर्चेन्ट बन्यो । अहिले बुद्ध एयर लगायत अन्य सबै एयरलाइन्सको टिकट ई-सेवाबाटै लिन सकिन्छ । हरेक दिन हजारौँले ई-सेवामार्फत एयरलाइन्सको टिकेट काट्न । सन् २०१० मा आधिकारिक रूपमा सेवा ...

बारामा दुलाहा-दुलही बोक्ने रथले किचेर दुई जनाको मृत्यु

वीरगञ्ज । बाराको आदर्शकोतवाल गाउँपालिकामा दुलाहा-दुलही बोक्ने रथले किचेर दुई जनाको मृत्यु भएको छ । आदर्शकोतवाल गाउँपालिका-३ बत्रा बस्ने २५ वर्षीया बालकुमारी देवी राम र १६ वर्षीया निलम कुमारी रामको मृत्यु भएको वडा अध्यक्ष धर्मेन्द्र यादवले जानकारी दिए । रथ अचानक तीव्र गतिमा कुदेको र अगाडी रहेका मानिसहरुलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष यादवले बताए । स्थानीय लक्ष्मण महरा चमारको विवाहका लागि तयार गरिएको रथ अचानक अनियन्त्रित भई किच्दा अन्य १२ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भिर छ । घाइतेहरुलाई उपचारका लागि कलैया अस्पतालमा पठाइएको छ । बाराकै करैयामाई गाउँपालिका जन्ती जाने तयारी भइरहेको थियो । आदर्शकोतवाल गाउँपालिकामा रथले किचेर मानिसहरु हताहती भएको र उद्दार गरेर अस्पताल ल्याउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

बारामा कोरोना संक्रमित पुरूषको मृत्यु

११ माघ, वीरगञ्ज । बारामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको कोल्हवी नगरपालिका-३ बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको हो । नारायणी अस्पतालमा उपचाररत उनको मंगलबार बिहान पौने ५ बजे  मृत्यु भएको हो । माघ १० गते एन्टीजेन परीक्षणको क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। सोही दिन उनलाई उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहका अनुसार उनमा कोभिड निमोनिया भइसकेको थियो । उपचारपछि पनि स्वास्थ्यमा सुधार आउन सकेन । उनले कोभिड–१९ विरुद्धको कुनै पनि भ्याक्सिन लगाएका थिएनन् ।